• सोमबार ९-२-२०७५/ Monday 17-12-18
  • ०३:३४

प्रदेश नंं. १ योजना आयोगका पदाधिकारीको सपथ ग्रहण

विराटनगर, १९ मंसिर / प्रदेश नंं १ मा योजना आयोग गठन भएको एक महिना ५ दिनपछि आयोगका पदाधिकारीलाई सपथ ग्रहण गराईएको छ ।  प्रदेश १, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले आयोजना गरेको सपथग्रहण कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले उपाध्यक्षमा नियुक्त भएका सुबोधराज प्याकुरेल तथा सदस्यहरु पुर्ण लक्सम र मिना भण्डारीलाई सपथ खुवाउनुभएको हो ।

सपथग्रहण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले चुनौती र अवसरको बिचमा जिम्मेवारी दिईएको बताउनुभयो । उहाँले अहिलेको आबश्यकता र चाहनाका आधारमा जनताको भावना अनुसार काम गर्नको लागि जनताले निर्वाचित गरेर पठाएको भन्दै मुख्यमन्त्री राईले प्रदेश १ मा विकासको नौलो खाका तयार गरी तत्कालिन र दिर्घकालिन योजना निर्माण गर्न आयोग सक्षम हुनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।

संघीयताको मर्मलाई हृदयङ्मन गर्दै संभावनाको जगमा उभिएर प्रदेशलाई तत्काल सजाउने र सुन्दर बनाउने कामको शुरुवात प्रदेश १ ले गर्ने बेला आएको मुख्यमन्त्री राईले बताएउनुभयो । प्रदेश सरकारले घोषणा गरे अनुसारको प्रतिबद्धताको आधारमा कामहरु गरिरहेकोले अलमल नगरेको भन्दै राईले अब प्रदेशहरु बिच हुने विकासका होडवाजीमा प्रदेश १लाई पहिलो बनाउन सबै लागि पर्न आग्रह गर्नुभयो ।

सपथग्रहण पछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले पहिलाको योजनाका कारण विकासका कामहरु दुश्चक्रमा फँसेको बताउँदै अब नयाँ योजनाका साथ प्रदेश १ लाई आत्मनिर्भर बनाउने दावी गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस

इलाममा लगानी सम्मेलन हुने

इलाम, १ पुस । इलाम सदरमुकाममा यही पुस २० गते लगानी सम्मेलन हुने भएको छ । कात्तिक २० गते गर्ने भनिएको तर अन्तिम समयमा स्थगन भएको लगानी सम्मेलन पुस २० गते

काङ्ग्रेस महासमिति बैठकको बन्द सत्र शुरु

काठमाडौँ, १ पुस । नेपाली काङ्ग्रेस महासमिति बैठकको बन्द सत्र बिहानदेखि शुरु भएको छ । बन्द सत्रमा महामन्त्री डा शशाङ्क कोइरालाले ‘साङ्गठनिक

फुटबल प्रतियोगिता गर्न एन्फा र प्रदेश १ मासरकारबीच सम्झौता

२८ मंसिर, काठमाडौं । प्रदेश १ सरकार र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच फुटबल प्रतियोगिता आयोजना गर्नका लागि सम्झौता भएको छ । शुक्रबार प्रदेश १ सरकारका

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am