• सोमबार ९-२-२०७५/ Monday 17-12-18
  • ०४:३४

उर्लाबारीमा यज्ञबहादुर जिब्रोले निधार छुँदा संसारभरी भाइरल भए

 

मोरङ, १९ मंसिर । मोरङको उर्लाबारी घर भएका ३५ वर्षीय यज्ञबहादुर कटुवाल आफ्नो जीब्रोले निधार छुने अनौठो क्षमताका कारण अहिले विश्वभरीका सामाजिक सञ्जालमा भाइरल भएका छन् । सामान्यतया मानिसलाई आफ्नो नाक जिब्रोले छुन पनि गाह्रो हुने गरेकोमा उर्लाबारीका यी कटुवालले भने सीधै निधारसम्म आफ्नो जिब्रो पुर्याउने गरेका छन् ।

बेलायतको मेट्रो युकेले भिडियो सहित दिएको समाचारमा उनले गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा आफ्नो नाम दर्ता गर्न चाहेका छन् ।स्थानीय विद्यालयमा ड्राइभरका रुपमा काम गरिरहेका उनले आफूले जिब्रोले निधार छुँदा केटाकेटीहरु भने डराउने गरेको समेत बताएका छन् ।

उनका साथीहरुले सामाजिक सञ्जालमा फोटो राखिदिएपछि उनको अहिले संसारभरी चर्चा भएको हो । भिडियोमा उनको ओठले नाक छोप्ने र जिब्रोले निधार छोएको देखिन्छ । कटवालले आफू विश्वकै लामो जिब्रो भएको व्यक्ति भएको दाबी गरेका छन् ।

उनको जिब्रोको लम्बाईको तुलनात्मक नाप जाँच भने अझै भएको छैन । उनले आफूले बुलेट बाइकको आवाजपनि निकाल्ने गरेको भन्दै भिडियोमा पनि आवाज निकालेका छन् ।

प्रतिकृया दिनुहोस

इलाममा लगानी सम्मेलन हुने

इलाम, १ पुस । इलाम सदरमुकाममा यही पुस २० गते लगानी सम्मेलन हुने भएको छ । कात्तिक २० गते गर्ने भनिएको तर अन्तिम समयमा स्थगन भएको लगानी सम्मेलन पुस २० गते

काङ्ग्रेस महासमिति बैठकको बन्द सत्र शुरु

काठमाडौँ, १ पुस । नेपाली काङ्ग्रेस महासमिति बैठकको बन्द सत्र बिहानदेखि शुरु भएको छ । बन्द सत्रमा महामन्त्री डा शशाङ्क कोइरालाले ‘साङ्गठनिक

फुटबल प्रतियोगिता गर्न एन्फा र प्रदेश १ मासरकारबीच सम्झौता

२८ मंसिर, काठमाडौं । प्रदेश १ सरकार र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच फुटबल प्रतियोगिता आयोजना गर्नका लागि सम्झौता भएको छ । शुक्रबार प्रदेश १ सरकारका

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am