• बिहीबार १०-३-२०७५/ Thursday 17-01-19
  • ०५:००
ad ad

सुनसरीमा डकैती समूह र प्रहरीबीच झडप, एक जनाको मृत्यु

सुनसरी,२४ मंसिर । सुनसरीको कोशी गाउँपालिका–७ मुसहर वस्तीमा डकैती गर्न आएको भारतीय समूह र प्रहरीबीच झडप भएको छ ।

गएराति ५ जनाको समूहमा आएका ब्यक्तिले गस्तीमा रहेको प्रहरी टोलीमाथि गोली प्रहार गरेपछि झडप भएको हो ।

त्यस क्रममा प्रहरीले गरेको जवाफी कारबाहीमा डकैती गर्न आएका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलेको छैन ।

अन्य व्यक्ति भने भारतीय सीमातर्फ भागेको प्रहरीले जनाएको छ । उनीहरुमध्ये पनि केहीलाई गोली लागेको हुनसक्ने प्रहरीले जनाएको छ ।

घटनास्थलमा दुई थान कटुवा पेस्तोल र ७ राउन्ड गोली फेला परेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

मालढुंगामा बस दुर्घटना : मृतकको संख्या चार पुग्यो,

पर्वत, माघ ३ । पर्वतको कुश्मा नगरपालिका–१, मालढुंगामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । तीन जनाको घटनास्थलमै र एक जनाको धौलागिरी

२०७६ सालको दशैँ र तिहार कहिले 

  काठमाडौँ, ३ माघ । पञ्चाङ्ग निर्णायक समितिले २०७६ सालको पात्रो तयार गरेको छ । समितिको ६ दिनअघि बसेको बैठकले पात्रो तयार गर्ने निर्णय गरेको हो

जिल्ला अस्पताल ताप्लेजुङको एम्बुलेन्स प्रयोगविहिन

  ताप्लेजुङ, ३ माघ । जिल्ला अस्पताल ताप्लेजुङमा सरकारले अनुदानमा दिएको दुइवटा एम्बुलेन्स लामो समयदेखि प्रयोगविहिन हुँदा सेवाग्राही मारमा परेका

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am