• बिहीबार १०-३-२०७५/ Thursday 17-01-19
  • ०५:५२
ad ad

अन्तरप्रदेश परिषद्को बैठक आज

काठमाडौं,२४ मंसिर  । अन्तरप्रदेश परिषद्को बैठक आज पनि जारी छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी बैठकमा केन्द्र र प्रदेश सरकारबीच कायम दुरी अन्त्य गर्ने विषयमा छलफल भइरहेको छ ।

बैठकले लामो समयदेखि दुई निकायबीच कायम रहँदै आएको दुरी अन्त्य गर्ने अपेक्षा मुख्यमन्त्रीहरुले राखेका छन् ।

प्रदेश सरकार गठनको १० महिनापछि पहिलो पटक काठमाडौंमा जारी परिषद् बैठकपछि अधिकांश समस्याको समाधान हुने र समदुरी कायम हुने अपेक्षा उनीहरुको छ ।

कानुनी संरचना, कर्मचारी व्यवस्थापन र साझा अधिकार प्रयोग गर्ने बारे कायम केन्द्र, प्रदेश र स्थानीय सरकारबीचको दुरी कम गर्न बैठक फलदायी हुने मुख्यमन्त्रीहरुको विश्वास छ ।

आजको बैठकमा थप तीन वटा प्रदेशका मुख्यमन्त्रीले आफ्नो धारणा राख्दै छन् ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका महेन्द्रबहादुर शाही र सु्दूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले धारणा राख्दैछन् ।

हिजोको बैठकमा प्रदेश १, २, ३ र गण्डकी प्रदेशका मुख्यमन्त्रीले आ–आफ्नो धारणा राखेका थिए ।

प्रदेश एकका मुख्यमन्त्री शेरधन राई, २ का लालबाबु राउत, ३ का डोरमणी पौडेल र गण्डकी प्रदेशका पृथ्वीसुब्बा गुरुङले आफ्नो धारणा राख्दै संविधानले दिएको अधिकारसमेत प्रयोग गर्न नपाएको गुनासो गरेका थिए ।

उनीहरुले व्यवस्थापनका लागि गम्भीर हुन केन्द्र सरकारलाई आग्रह गरेका थिए ।

बैठकमा मुख्यमन्त्रीहरुले धारणा राखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले समापन मन्तव्य दिने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस

मालढुंगामा बस दुर्घटना : मृतकको संख्या चार पुग्यो,

पर्वत, माघ ३ । पर्वतको कुश्मा नगरपालिका–१, मालढुंगामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । तीन जनाको घटनास्थलमै र एक जनाको धौलागिरी

२०७६ सालको दशैँ र तिहार कहिले 

  काठमाडौँ, ३ माघ । पञ्चाङ्ग निर्णायक समितिले २०७६ सालको पात्रो तयार गरेको छ । समितिको ६ दिनअघि बसेको बैठकले पात्रो तयार गर्ने निर्णय गरेको हो

जिल्ला अस्पताल ताप्लेजुङको एम्बुलेन्स प्रयोगविहिन

  ताप्लेजुङ, ३ माघ । जिल्ला अस्पताल ताप्लेजुङमा सरकारले अनुदानमा दिएको दुइवटा एम्बुलेन्स लामो समयदेखि प्रयोगविहिन हुँदा सेवाग्राही मारमा परेका

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am