• बिहीबार १०-३-२०७५/ Thursday 17-01-19
  • ०४:३२
ad ad

इनरुवामा इन्जिनियरमाथि कार्यालयमै हातपात, कर्मचारीद्वारा कामकाज ठप्प

इनरुवा,२५ मंसिर  । इनरुवा नगरपालिकामा इन्जिनियर इन्द्रानन्द साहमाथि कार्यालयमै हातपात भएको छ । नगरपालिकाको इन्जिनियर साह माथि कार्यालयमै स्थानीय राजीब मेहताले इन्जिनियर साहमाथि दुर्ववहार गर्दै हातपात गरेपछि कर्मचारीद्वारा नगरपालिकाको कामकाज ठप्प पारेको छ । मंगलवार घर नक्सा पास सम्बन्धि फाइलको विषयलाई लिएर रुष्ट बनेका मेहताले काम नगरिदिएको भन्दै इन्जिनियरमाथि हातपात गरेको स्थानीय प्रत्यक्षदर्शीहरुले जानकारी गराएका छन् ।

इन्जिनियर साहले मेहतालाई तोकिएको मापदण्ड विपरित गएर इजाजत दिन नसकिने बताउँदा आफुमाथि हातपात भएको साहले बताए । कर्मचारीमाथि कार्यालय हातामै हातपात भएपछि नगरपालिकाका कर्मचारी आन्दोलित बनेका छन् । कर्मचारीहरुले कार्यालयमा तालाबन्दी समेत गरेका छन् । यसैबिच इनरुवा नगरपालिकाका कर्मचारीहरुले दोषी उपर कानुनी कार्वाहीको माग सहित जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । आन्दोलित कर्मचारीहरुले भयरहित वातावरणमा काम गर्ने अवस्था सृजना नभएसम्म काममा नफर्किने अडान लिएका छन् । कर्मचारीहरुले सेवा ठप्प पारेपछि कामकाजकालागि नगरपालिका पुगेका सर्वसाधारण भने मार्कामा परेका छन् । इनरुवा नगरपालिकाका इन्जिनियर साहलाई कार्यालय हातामा हातपात गर्ने मेहतालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले अनुसन्धानकालागि नियन्त्रणमा लिएको जनाएको छ । यता इनरुवा नगरपालिकाका मेयर राजन मेहताले घर नक्साको विषयमा विवाद भएको बताए ।

प्रतिकृया दिनुहोस

मालढुंगामा बस दुर्घटना : मृतकको संख्या चार पुग्यो,

पर्वत, माघ ३ । पर्वतको कुश्मा नगरपालिका–१, मालढुंगामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । तीन जनाको घटनास्थलमै र एक जनाको धौलागिरी

२०७६ सालको दशैँ र तिहार कहिले 

  काठमाडौँ, ३ माघ । पञ्चाङ्ग निर्णायक समितिले २०७६ सालको पात्रो तयार गरेको छ । समितिको ६ दिनअघि बसेको बैठकले पात्रो तयार गर्ने निर्णय गरेको हो

जिल्ला अस्पताल ताप्लेजुङको एम्बुलेन्स प्रयोगविहिन

  ताप्लेजुङ, ३ माघ । जिल्ला अस्पताल ताप्लेजुङमा सरकारले अनुदानमा दिएको दुइवटा एम्बुलेन्स लामो समयदेखि प्रयोगविहिन हुँदा सेवाग्राही मारमा परेका

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am