• बिहीबार १०-३-२०७५/ Thursday 17-01-19
  • ०४:१३
ad ad

फुटबल प्रतियोगिता गर्न एन्फा र प्रदेश १ मासरकारबीच सम्झौता

२८ मंसिर, काठमाडौं । प्रदेश १ सरकार र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच फुटबल प्रतियोगिता आयोजना गर्नका लागि सम्झौता भएको छ ।

शुक्रबार प्रदेश १ सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरे र एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले सम्झौता पत्रमा हस्ताक्षर ग सम्झौता अनुसार प्रदेश एक ‘मुख्यमन्त्री कप प्रदेश एक लिग फुटबल प्रतियोगिता’ र ‘अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबल प्रतियोगिता प्रदेश एक’ हुनेछ ।

प्रदेश एक सरकारले ‘मुख्यमन्त्री कप फुटबल प्रतियोगिता’ सञ्चालन गर्न एन्फालाई पाँच वर्षसम्म प्रतिवर्ष एक करोड रुपैयाँ प्रदान गर्नेछ । यो सम्झौता २०७५ देखि २०७९ सालसम्म रहने एन्फाले जानकारी दिएको छ । यो प्रतियोगितामा प्रदेश एकमा आबद्ध १४ वटा जिल्ला फुटबल टिमले भाग लिने छन् । यो प्रतियोगिताका विजेता र उपविजेता टिमले अन्तर प्रदेश (एन्फा प्रेसिडेन्ट) कपमा भाग लिन पाउने छन् ।

त्यस्तै, प्रदेश एक सरकारकै सहयोगमा ‘अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबल प्रतियोगिता’ पनि सञ्चालन हुने भएको छ । यो प्रतियोगिताको लागि पनि प्रदेश सरकारले प्रत्येक वर्ष एक करोड रुपैयाँ रकम उपलब्ध गराउने छ । यो प्रतियोगिताको लागि पनि प्रदेश सरकार र एन्फाबीच २०७५ देखि २०७९ सम्मको लागि सम्झौता भएको हो ।

यो प्रतियोगितामा सात वटै प्रदेशका उत्कृष्ट सात टिम, ए डिभिजनका उत्कृष्ट ६ टिम र विदेशी आमन्त्रित तीन टिम गरी कुल १६ टिमले भाग लिने छन् ।

प्रतिकृया दिनुहोस

इटहरी गोल्डकप माघ

सुनसरी ,पुस ३० ।  दोस्राे संस्करणको मदन भण्डारी स्मृति अन्तर्राष्टिय आमन्त्रण इटहरी गोल्डकप माघ १२ देखि हुने भएको छ। आयोजक राष्टिय जागृति

नेपाली राष्ट्रिय टोलीका गोलकिपर चेम्जोङ माल्दिभ्समा उत्कृष्ट

काठमाडौं,१४ पुष। नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरणकुमार चेम्जोङले माल्दिभ्समा उत्कृष्ट गोलकिपरको पुरस्कार जित्न सफल भएका छन्

उर्लाबारीमा सम्पन्न फुटवलको उपाधि चर्च व्वाईजले जित्यो 

  उर्लाबारी, १९ कात्तिक । मोरङको उर्लाबारी–८ स्थित दुर्गापुरीमा सञ्चालित प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि चर्च व्वाईज युनाईटेडले

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am