• बिहीबार १०-३-२०७५/ Thursday 17-01-19
  • ०५:३२
ad ad

नेपाली राष्ट्रिय टोलीका गोलकिपर चेम्जोङ माल्दिभ्समा उत्कृष्ट

काठमाडौं,१४ पुष। नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरणकुमार चेम्जोङले माल्दिभ्समा उत्कृष्ट गोलकिपरको पुरस्कार जित्न सफल भएका छन् ।

माल्दिभ्सको टिसी स्पोटर्स क्लबलाई राष्ट्रिय लिग फुटबल जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण चेम्जोङले उक्त अवार्ड जित्न सफल भएको त्यहाँको फुटबल महासङ्घले जनाएको छ ।

तीन साताअघि माल्दिभ्स फुटबल डट कम र फुटबल एशोसिएशन अफ माल्दिभ्सले संयुक्तरुपमा किरणलाई उत्कृष्ट गोलकिपरको मनोनयनमा समावेश गरेको थियो । किरणसँगै अन्य दुई खेलाडी पनि मनोनयनमा परेका थिए ।

क्लबलाई लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका कारण उनलाई मनोनयनमा राखिएको आयोजकले जनाएको थियो ।

किरणले गत सिजन माल्दिभ्सको टिसी स्पोर्टस क्लबबाट माल्दिभ्सको ‘धिवेही प्रिमियर लिग’ खेलेका थिए ।

गत महीनामात्र नेपाली राष्ट्रिय टोलीका खेलाडी रोहित चन्दले इण्डोनेसियामा वर्षको उत्कृष्ट खेलाडीको अवार्ड हात पारेका थिए ।

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन आठ खेलाडीसहित ११ सदस्यीय नेपाली वादोरियो कराते टोली आज बिहान भारतको गुजरातस्थित अहमदाबाद प्रस्थान गरेको छ ।

प्रतियोगिताको पुरुष ५० केजीमुनि विकबहादुर थामी, ६० केजीमुनि नीरज गौतम, ७० केजीमुनि राजु बुढाथोकी, ७५ केजीमुनि जिलेदार थारु, ८० केजीमुनि विशाल खड्गी र ३५ केजीमुनि अजय तामाङ तथा महिला ५० केजीमुनि गरिमा गिरी तथा ४५ केजीमुनि सीमा राईले प्रतिस्पर्धा गर्ने नेपाल कराते महासङ्घका महासचिव हरिशरण केसीले जानकारी दिए । 

यही पुस १६ दर १७ गते हुने प्रतियोगितामा पुरुषोत्तम पोखरेलले निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।  

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले शुक्रबार बिदाइ गरेका थिए 

प्रतिकृया दिनुहोस

इटहरी गोल्डकप माघ

सुनसरी ,पुस ३० ।  दोस्राे संस्करणको मदन भण्डारी स्मृति अन्तर्राष्टिय आमन्त्रण इटहरी गोल्डकप माघ १२ देखि हुने भएको छ। आयोजक राष्टिय जागृति

फुटबल प्रतियोगिता गर्न एन्फा र प्रदेश १ मासरकारबीच सम्झौता

२८ मंसिर, काठमाडौं । प्रदेश १ सरकार र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच फुटबल प्रतियोगिता आयोजना गर्नका लागि सम्झौता भएको छ । शुक्रबार प्रदेश १ सरकारका

उर्लाबारीमा सम्पन्न फुटवलको उपाधि चर्च व्वाईजले जित्यो 

  उर्लाबारी, १९ कात्तिक । मोरङको उर्लाबारी–८ स्थित दुर्गापुरीमा सञ्चालित प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि चर्च व्वाईज युनाईटेडले

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am