• बिहीबार १०-३-२०७५/ Thursday 17-01-19
  • ०५:४२
ad ad

रुस र टर्कीले सिरिया मामलामा मिलेर काम गर्ने

काठमाडौं, १५ पुष। सिरियाबाट आफ्ना सेना फिर्ता गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणापछि रुस र टर्कीले सिरिया मामलामा मिलेर काम गर्ने सहमति गरेका छन् ।

रुसका विदेशमन्त्री सर्गोइ लेबरोव र टर्कीका विदेशमन्त्री मेब्लुत चोवाशुग्लूबीच रुसको मस्कोमा भएको वार्तापछि उक्त सहमति भएको हो ।

यी दुई देशले अमेरिकाको पछिल्लो निर्णयप्रति असन्तुष्टि प्रकट गर्दै सिरिया मामिलामा मिलेर काम गर्ने निर्णय गरेका हुन् ।

यी दुई राष्ट्रले सिरियाबाट शरणार्थीका रुपमा बिस्थापित भएकालाई स्वदेश फर्काउने मुख्य लक्ष्य रहेको प्रष्ट पारेका छन् ।

उनीहरुले सिरियामा रहेको इस्लामिक संगठन आईएसलाई परास्त गरी सिरियाली जनताको दैनिकी सहज बनाउने दृढतासमेत व्यक्त गरेका छन् ।

टर्कीका विदेशमन्त्री मेब्लुत चोवाशुग्लूले अमेरिकी सेना बाहिरिएपछि आउने नयाँ परिस्थितिलाई जिम्मेवारपूर्वक सम्हाल्ने बताए ।

उनले सिरिया मामिलामा रुस र इरानसमेतका क्षेत्रीय समूहकाको सहयोग लिएर शान्ति कायम गर्ने दिशामा अग्रसर हुने बताए । 

प्रतिकृया दिनुहोस

फ्रान्समा पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरुद्ध चर्किएको प्रदर्शन हिंसात्मक

एजेन्सी, १६ मंसिर । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा फ्रान्समा चर्किंदै गएको प्रदर्शन हिंसात्मक बन्न थालेको छ । पेरिसमा प्रहरी र

एसिया प्यासिफिक समिट आज देखी सुरु

 काठमाडौ, १५ मंसिर ।युनिभर्सल पिस फेडेरसन नामक धार्मिक गैरसरकारी संस्थाको आयोजनामा काठमाडौंमा एसिया प्रशान्त सम्मेलन सुरु हुँदैछ । सम्मेलनको

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु

काठमाडौं,९ मंसिर  । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । ‘लैंगिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार’ भन्ने मूल नाराका

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am