• बिहीबार १०-३-२०७५/ Thursday 17-01-19
  • ०५:३७
ad ad

पूर्वी नाकाबाट नेपाल आउने पर्यटक घटे

झापा, पुस १९ / अध्यागमन कार्यालय काँकडभिट्टाले नेपालको पूर्वी नाका हुँदै नेपाल भित्रिने पर्यटक घटेको जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार सन् २०१७ को तुलनामा सन् २०१८ मा काँकडभिट्टा नाकाबाट नेपाल भित्रिने पर्यटक ३२२ ले घटेका हुन् तर बाहिर भने बढेका छन् । 

सोही नाकाबाट बाहिरीने पर्यटक भने १३९ ले बढेको कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार सन् २०१७ मा पैदलमार्ग हुँदै नेपाल आउने कूल पर्यटक ११ हजार ४९७ थिए भने सन् २०१८ मा ११ हजार १७५ छन् । तेस्रो मुलुक बाहिरिने कूल पर्यटक सङ्ख्या सन् २०१७ मा १० हजार ३६६ थियो भने सन् २०१८ मा १० हजार ५०५ छ । सन् २०१७ मा सात हजार ५२८ विदेशी र तीन हजार ९६९ नेपाली नेपाल आएका कार्यालयको तथ्याङ्कले देखाएको छ । 

कार्यालयका अनुसार सन् २०१८ मा छ हजार ४१८ विदेशी र चार हजार ६५७ नेपाली भित्रिएका छन् । सन् २०१७ मा छ हजार ७४८ विदेशी र तीन हजार ६१८ नेपाली पर्यटक नाका हुँदै बाहिरिएका कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

त्यसैगरी, सन् २०१८ मा छ हजार ४४५ विदेशी र चार हजार ६० नेपाली काँकरभिट्टा नाका हुँदै तेस्रो मुलुक गएको कार्यालयले जनाएको छ । सन् २०१७ मा सो नाका हुँदै सबैभन्दा बढी बङ्गलादेशबाट दुई हजार २५, भूटानबाट एक हजार ६१६, अमेरिकाबाट ८२२, दक्षिण कोरियाबाट ४२० र फ्रान्सबाट २१२ पर्यटक भित्रिएको कार्यालय प्रमुख पवनकुमार गुप्ताले जानकारी दिनुभयो । 

त्यस्तै, सन् २०१८ मा सबैभन्दा बढी बङ्गलादेशबाट एक हजार ९३२, अमेरिकाबाट ८५६, भूटानबाट ७६९, कोरियाबाट ३६० र थाइल्याण्डबाट ३०८ पर्यटक नेपाल आएका थिए । उहाँले अघिल्लो वर्षभन्दा गत वर्ष नेपाल घुम्न आउने बङ्गलादेशी नागरिकको सङ्ख्यामा ९३ ले कमी आएको र भूटानी नागरिक पनि यस वर्ष ८४७ ले घटेको बताउनुभयो । रासस

प्रतिकृया दिनुहोस

कारागारभित्रै उद्यम,

तेह्रथुम, पुस २८ । तेह्रथुम जिल्ला कारागारमा रहेका कैदीबन्दीले कारागारभित्रै विभिन्न उद्यम गरेर मासिक १५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्

अलैँचीका विरुवा बेचेरै मनग्ये आम्दानी

भोजपुर,२० पुस । भोजपुरको पूर्वी अरुण गाउँपालिका-२, चम्पेका रोहितबहादुर खड्काले अलैँचीको विरुवा बेचेरै  वार्षिक लाखौँको आम्दानी गर्दै आएका छ्न्।

इलामका पर्यटकीय स्थलमा पूर्वाधारको अभाव

  इलाम, ३ पुस । प्रदेश नं १ मा पर्ने इलामको सूर्योदय नगरपालिकामा शौचालय, बसपार्कजस्ता अतिआवश्यक पूर्वाधारको अभाव देखिएको छ ।  सङ्घीय सरकारले १००

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am