• बिहीबार १०-३-२०७५/ Thursday 17-01-19
  • ०४:३१
ad ad

अलैँचीका विरुवा बेचेरै मनग्ये आम्दानी

भोजपुर,२० पुस । भोजपुरको पूर्वी अरुण गाउँपालिका-२, चम्पेका रोहितबहादुर खड्काले अलैँचीको विरुवा बेचेरै  वार्षिक लाखौँको आम्दानी गर्दै आएका छ्न्। उनले बेर्ना बेचेरै घरखर्च, छोराछोरीको पढाई खर्च धानिरहेका छन्। ६ वर्ष अघिदेखि अलैँचीको बेर्ना निकाल्न सुरु गरेका कृषक खड्का जिल्लाकै एक सफल अलैँची कृषकमा गनिन्छन्। उनले लगाएको १३ रोपनी जग्गाबाट बार्षिक ७० देखि ८० हजार बेर्नाहरु नर्सरीमार्फत उत्पादन गर्ने गर्छन्। उत्पादन गरिएको उक्त बेर्ना जिल्ला कृषि विकास, अन्य जिल्लालगायत विभिन्न ठाउँमा निकासी हुने गरेको उनी बताउँछन्। ‘जिल्लाभित्र बाहिरबाट अलैँचीका बेर्नाको धेरै माग आउने गर्छ। पोहोरसाल रोग देखापरेर माग धान्न गाह्रो भयो। यसपाली भने रोगमा कमी आयो र राम्ररी फस्टाएको बेर्नाले राम्रै माग धानेको छ।’ उनले भने। रोहितले ती अलैँचीका बेर्ना प्रतिगोटा ७ रुपैयाँका दरले बाहिर निकासी गर्ने र स्थानिय गाउँलेलाई सहुयित मूल्यमै वितरण गर्ने गरेको बताउँछन्। उनी भन्छन्, ‘बाहिर बेर्नाहरु पठाउँदा हेरिहेरि ७/८ रुपैँया प्रतिगोटा पठाउने गर्छु र गाउँकैलाई चैँ ३/४ रुपैँया सहुलियत दिएर दिने गरेको छु। जेहोस कमाईले धानेकै छ।’ उनले पश्चिम लमजुङबाट पनि बेर्नाको माग आएकोले त्यता ३२ हजार र कृषि विकास कार्यालयको लागि २२ हजार गरी कुल ५४ हजार अलैँचीका बेर्ना यो वर्ष निकासी गरेको बताए। गतसाल अलैँचीले भाउ नपाएपछि साढे चार लाखको हाराहारी घाटा व्यहोरेका उनले यो वर्ष बेर्नाबाटै पौने सात लाख जतिको आम्दानी गरेको बताए। उनले विगतका वर्षहरुमा डम्बरसाही जातका अलैँचीका बिरुवा लगाउने गरेको र विरुवामा रोग देखिएपछि यो वर्ष रामसाही जातका बिरुवा लगाएको उनको भनाई छ। विगतका वर्षमा अलैँचीका बोटमा किरा लाग्ने, गाना कुहिने, जालो लाग्ने, बिरुवाको टुप्पो मर्ने जस्ता रोग देखा परेपछि परिक्षणकै लागि भएपनि यो वर्ष रामसाई अलैँचीको बिरुवा लगाएको उनी सुनाउँछन्। विभिन्न नर्सरी सम्बन्धी तालिम लिएका रोहितले गाउँमै अरुलाई पनि तालिम दिने गरेको बताए। पैसा कमाउनलाई विदेश जानैपर्ने, घरपरिवार धान्न नोकरीचाकरी गर्नुपर्ने मान्यतालाई कृषिबाटै प्रशस्त मार्गहरु दिन सकिन्छ भन्ने मान्यता राखेका खड्काले अलैँची खेतीबाटै आफ्ना तीन भाई छोराहरु, नाती–नातीनीहरुको पढाईखर्च, घरखर्च धानेको सुनाए। जेठा छोराले स्नातकोत्तर सकेका छन्, माईला छोराले प्राविधिक शिक्षा सकेर स्थानिय बजारमा भेटनारी पसल खोलेर बसेका छन्, कान्छा छोराअहिले स्नातक तह तेश्रो वर्षमा पढ्दैछन्। उनले अलैँची खेतीबाटै १० जनाको जनाको परिवार मनग्य धानेका छन्।

प्रतिकृया दिनुहोस

कारागारभित्रै उद्यम,

तेह्रथुम, पुस २८ । तेह्रथुम जिल्ला कारागारमा रहेका कैदीबन्दीले कारागारभित्रै विभिन्न उद्यम गरेर मासिक १५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्

पूर्वी नाकाबाट नेपाल आउने पर्यटक घटे

झापा, पुस १९ / अध्यागमन कार्यालय काँकडभिट्टाले नेपालको पूर्वी नाका हुँदै नेपाल भित्रिने पर्यटक घटेको जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार सन् २०१७

इलामका पर्यटकीय स्थलमा पूर्वाधारको अभाव

  इलाम, ३ पुस । प्रदेश नं १ मा पर्ने इलामको सूर्योदय नगरपालिकामा शौचालय, बसपार्कजस्ता अतिआवश्यक पूर्वाधारको अभाव देखिएको छ ।  सङ्घीय सरकारले १००

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am