• बिहीबार १०-३-२०७५/ Thursday 17-01-19
  • ०५:२६
ad ad

उर्लाबारीमा १२ जना फरार अभियुक्त पक्राउ

 

उर्लाबारी,२१ पुस । इलाका प्रहरी कार्यालय उर्लाबारीले १२ जना फरार अभियुक्तहरु पक्राउ गरेको छ ।
   पौष महिनाको २१ दिनभित्र  ती १२ जना फरार अभियुक्तहरु पक्राउ गर्न प्रहरी सफल भएको हो ।

   पौष महिनामा वन मुद्दामा फरार मिक्लाजुङ–४ का रुपेश राई, सोही ठाउँका सम्भू राई, सवारी ज्यानमा उर्लाबारी–६ का सन्दिप धिमाल, विदेशी विनियममा उर्लाबारी–६ का  विकास दुलाल, सम्बन्ध विच्छेदमा उर्लाबारी–७ का किरण श्रेष्ठ, सरकारी छाप किर्तेमा उर्लाबारी–३ का नारायण कुमार थापालाई पक्राउ गरिएको छ । त्यस्तै, केही सार्वजनिक मुद्धामा मिक्लाजुङ–६ का भोटु भन्ने दिपेश नेपाली, सोही ठाउँका सुमन मगर, लागु औषधमा मिक्लाजुङ–९ का अनुपकुमार खड्गी, सोही ठाउँका उद्धब राई र चोरीमा उर्लाबारी–३ का मिलन राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । यस आर्थिक बर्षमा  २२ जना फरार अभियुक्तहरुलाई पक्राउ गरी मुद्दा चलाइएको उहाँको भनाई छ । प्रहरीको सक्रियतासँगै यस किसिमका गम्भीर अपराधका फरार अभियुक्त पक्राउ पर्न थालेका हुन् ।
 

प्रतिकृया दिनुहोस

मालढुंगामा बस दुर्घटना : मृतकको संख्या चार पुग्यो,

पर्वत, माघ ३ । पर्वतको कुश्मा नगरपालिका–१, मालढुंगामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । तीन जनाको घटनास्थलमै र एक जनाको धौलागिरी

शंकरपुरमा प्रहरी र तस्करबीच गोली हानाहान, एक जनाको मृत्यु

भैरहवा,२९ पुष । रुपन्देहीमा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक तस्करको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको

वाइडबडी विमान खरिदमा मेरो संलग्नता छैनः मन्त्री अधिकारी

काठमाडौं,२३ पुष । पर्यटनमन्त्री रविन्द्र अधिकारीले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदमा भएको भनिएको आर्थिक अनियमिततामा आफ्नो कुनै संलग्नता

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am