• बिहीबार १०-३-२०७५/ Thursday 17-01-19
  • ०४:३६
ad ad

छिमेकीको मलामी जाँदा अदालतमा १५ हजार धरौटी बझाउनुपर्यो

विराटनगर, पुस २४

छिमेकीको मृत्युमा मलामी गएका मोरङको एक गाउँका १२ जनाले भने मलामी गएकै कारण अदालतमा १५ हजार धरौटी बुझाउनु परेको छ । मोरङको धनपालथान ७ की ८० बर्षीया रुब्दो राजवंशीको मलामी गएका १२ जनाले जिल्ला अदालत मोरङमा जनही १५ हजार धरौटी बुझाउनु परेको हो ।

कात्तिक २२ गते राति खाटबाट लडेर रुब्दोको मृत्यु भएको खबर पाएपछि भाइटीकाकै दिन १२ जना छिमेकी मलामी गएका थिए । तर, अनुसन्धानका क्रममा रुब्दोको छोराले हत्या गरेको खुल्यो ।

जिल्ला अदालत मोरङका न्यायाधीश कृष्णमुरारी सिवाकोटीको इजालसले हत्यामा संलग्न भएको अभियोगमा छोरा भेटलु र बुहारी रामकुमारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । मलामी गएकाहरुसँग भने धरौटी मागिएको छ ।

भेटलु रुब्दोका एक्ला छोरा हुन् । छोरा बुहारीसँग छुट्टिए पनि बिहान बेलुकाको खाना भने सँगै खाँदै आएका थिए । सामान्य विवादमा कोदालो प्रहार गरी हत्या गरेको अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कबिन्द्र कार्कीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

जिल्ला अस्पताल ताप्लेजुङको एम्बुलेन्स प्रयोगविहिन

  ताप्लेजुङ, ३ माघ । जिल्ला अस्पताल ताप्लेजुङमा सरकारले अनुदानमा दिएको दुइवटा एम्बुलेन्स लामो समयदेखि प्रयोगविहिन हुँदा सेवाग्राही मारमा परेका

प्रदेश नं. १ मन्त्रीपरिषद् बैठकका आठ बुँदे निर्णय

  विराटनगर, २ माघ । विभिन्न आठ बुदांमा निर्णय गर्दै प्रदेश १ को मन्त्रीपरिषद् बैठक बुधबार विहान सम्पन्न भएको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा

मिक्लाजुङमा न्यानो कपडा वितरण 

  मधुुमल्ला, १ माघ । मोरङको मिक्लाजुङ गाउँपालिका – ९ मा रहेको मनोकामना आधारभुत विद्यालयका विद्यार्थीहरुलाई सोमबार न्यानो कपडा वितण गरिएको छ

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am