• बिहीबार १०-३-२०७५/ Thursday 17-01-19
  • ०४:३२
ad ad

उर्लाबारी नजिकै दमक – ४ मा देशविदेशका भट्टराईहरु भेला हुँदै 

 

उर्लाबारी, २५ पुस । देश तथा विदेशमा रहेका भट्टराईहरु उर्लाबारीसँगै जोडिएको झापाको दमक नगरपालिका – ४ मा भेला हुने भएका छन् ।भट्टराई कुलवंश प्रतिष्ठान, नेपाल स्थापना भएको २५ वर्ष पुगेको अवसरमा यही पुस २७, २८ र २९ गते हुने रजत महोत्सव समारोहमा भट्टराईहरु भेला हुने भएका हुन् ।

आयोजक भट्टराई कुलवंश प्रतिष्ठान, नेपाल केन्द्रीय समिति, दमक – ४ ले आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गरी रजत महोत्सवका विषयमा जानकारी दिएको हो । प्रतिष्ठानका अध्यक्ष शेरबहादुर भट्टराईका अनुसार २७ गते हुने रजत महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गर्नुहुनेछ । सोही दिन सम्मान्, स्वास्थ्य परीक्षण तथा रक्तदान शिविर, कुलदर्शन र भजन किर्तन कार्यक्रम हुनेछ ।

महोत्सवको दोस्रो दिन पुस २८ गते खुल्ला कवि गोष्ठी साहित्यिक कार्यक्रम, सांस्कृतिक कार्यक्रम, कुलदर्शन र भजन किर्तन हुनेछ भने अन्तिम दिन पुस २९ गते समापन र प्रसाद वितरण कार्यक्रम हुने प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

महोत्सवमा देशभरका भट्टराई कुलवंशका प्रदेश, जिल्ला र नगर समितिका साथैँ वर्मा,आसाम, सिक्किम र बंगाल राज्य समितिबाट पनि सहभागि हुने अध्यक्ष शेरबहादुर भट्टराईले जानकारी दिनुभयो । बिंसं. २०५० सालमा स्थापना भएको सो प्रतिष्ठानको ५ बिगाहा १२ धुर जग्गा रहेको छ ।

जसमा ४ बिगाहा क्षेत्रफलमा बृक्षरोपण गरिएको छ भने १ बिगाहा क्षेत्रफलमा मठमन्दिर, कार्यालय भवन लगायत रहेको छ । प्रतिष्ठान हाताभित्रै कक्षा ८ सम्म अध्ययन हुने संस्कृत गुरुकुल बिद्यापिठ रहेको छ । सो बिद्यापिठमा ४० जना बिद्यार्थीहरुलाई ३ जना गुरुले अध्यापन गराउँदै आउनु भएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । 
 

प्रतिकृया दिनुहोस

मालढुंगामा बस दुर्घटना : मृतकको संख्या चार पुग्यो,

पर्वत, माघ ३ । पर्वतको कुश्मा नगरपालिका–१, मालढुंगामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । तीन जनाको घटनास्थलमै र एक जनाको धौलागिरी

२०७६ सालको दशैँ र तिहार कहिले 

  काठमाडौँ, ३ माघ । पञ्चाङ्ग निर्णायक समितिले २०७६ सालको पात्रो तयार गरेको छ । समितिको ६ दिनअघि बसेको बैठकले पात्रो तयार गर्ने निर्णय गरेको हो

जिल्ला अस्पताल ताप्लेजुङको एम्बुलेन्स प्रयोगविहिन

  ताप्लेजुङ, ३ माघ । जिल्ला अस्पताल ताप्लेजुङमा सरकारले अनुदानमा दिएको दुइवटा एम्बुलेन्स लामो समयदेखि प्रयोगविहिन हुँदा सेवाग्राही मारमा परेका

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am