• बिहीबार १०-३-२०७५/ Thursday 17-01-19
  • ०४:३३
ad ad

आगलागी पिडितलाई उर्लाबारीका समाजसेवी वाईवाको सहयोग

 

उर्लाबारी, पुस २५  / झापाको दमक नगरपालिका – २ का आगलागी पिडित हरिप्रसाद निरौलालाई उर्लाबारीका समाजसेवी पुर्ण वाईवाले बिहिवार सहयोग गर्नुभएको छ । 

उहाँले पिडित परिवारलाई लत्ताकपडा र खाद्यान्न सहयोग गर्नुभएको हो । आगलागीको जानकारी पाउन साथ राहत लिएर वाइवा पुग्नुभएको थियो । आगलागीबाट घर पूर्ण रुपमा जलेर नष्ट भएका कारण तत्कालका लागि आवश्यक साम्रगीहरु प्रदान गरेको समाजसेबी वाइबाले जानकारी दिनुभयो ।

यस्तै, हिमालय माध्यमिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुले पनि तत्कालका लागि राहत स्वरुप १० हजार रुपैयाँ सहयोग गरेका छन् । यस्तै, नेपाल रेडक्रस सोसाईटी शाखा दमकले पनि राहत सामाग्री प्रदान गरेको छ ।

बिहिवार बिहान भएको आगलागीबाट निरौलाको घर जलेर नष्ट भएको छ । विहान ६ वजेतिर आगलागी हुँदा घरका सम्पूर्ण सामान जलेर नष्ट भएको हो । घर र घरभित्र रहेको सबै सामान तथा बाख्रा पाठा,बाछो लगायत जलेर नष्ट हुँदा रु २० लाख बढीको क्षति भएको अनुमान गरिएको छ ।  
 

प्रतिकृया दिनुहोस

मालढुंगामा बस दुर्घटना : मृतकको संख्या चार पुग्यो,

पर्वत, माघ ३ । पर्वतको कुश्मा नगरपालिका–१, मालढुंगामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । तीन जनाको घटनास्थलमै र एक जनाको धौलागिरी

२०७६ सालको दशैँ र तिहार कहिले 

  काठमाडौँ, ३ माघ । पञ्चाङ्ग निर्णायक समितिले २०७६ सालको पात्रो तयार गरेको छ । समितिको ६ दिनअघि बसेको बैठकले पात्रो तयार गर्ने निर्णय गरेको हो

जिल्ला अस्पताल ताप्लेजुङको एम्बुलेन्स प्रयोगविहिन

  ताप्लेजुङ, ३ माघ । जिल्ला अस्पताल ताप्लेजुङमा सरकारले अनुदानमा दिएको दुइवटा एम्बुलेन्स लामो समयदेखि प्रयोगविहिन हुँदा सेवाग्राही मारमा परेका

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am