• बिहीबार १०-३-२०७५/ Thursday 17-01-19
  • ०४:३२
ad ad

विश्व ह्विल चियर यात्री कार्कीलाई नयाँ ह्विल चियर प्रदान

 

उर्लाबारी, २६ पुस । विश्व ह्विल चियर यात्री उदयपुर गाईघाटका तेजबहादुर कार्कीलाई लायन्स क्लब अफ उर्लाबारी ग्रिन भिलेजले आज ह्विल चियर प्रदान गरेको छ । 

उर्लाबारी ७ स्थित नमुना बाल गृहमा एक कार्यक्रमको आयोजना गरी लायन्सले दुबै खुट्टा गुमाउनुभएका कार्कीलाई सो ह्विल चियर प्रदान गरेको हो । कार्यक्रमका प्रमुख अतिथी लायन्स क्लब नेपालका स्पेशल एडभाईजर तेजकुमार रिजाल, एरिया कोअर्डिनेटर बालचन्द्र शुब्बा, लायन्स क्लब अफ उर्लाबारी ग्रिन भिलेजकी अध्यक्ष गंगा ढकाल, जोन चेयर पर्शन सम्झना खतिवडा, कोमल शाक्य लगायतले हस्तान्तरण गर्नुभएको थियो ।

विश्व ह्विल चेयर यात्री कार्कीले हालसम्म ३३ वटा देशको भ्रमण गरिसक्नुभएको छ । यसैबीच सोही अवसरमा नमुना बाल गृहका बालबालिकाहरुका लागि अमेरिका निवासी संजिव र विना ढुंगेलकी कान्छी सुपुत्री सानबी ढुंगेलको प्रथम जन्मदिनको अवसरमा खाद्यान्न र दैनिक उपभोग्य सामाग्री हस्तान्तरण गरिएको थियो । 
 

प्रतिकृया दिनुहोस

जिल्ला अस्पताल ताप्लेजुङको एम्बुलेन्स प्रयोगविहिन

  ताप्लेजुङ, ३ माघ । जिल्ला अस्पताल ताप्लेजुङमा सरकारले अनुदानमा दिएको दुइवटा एम्बुलेन्स लामो समयदेखि प्रयोगविहिन हुँदा सेवाग्राही मारमा परेका

प्रदेश नं. १ मन्त्रीपरिषद् बैठकका आठ बुँदे निर्णय

  विराटनगर, २ माघ । विभिन्न आठ बुदांमा निर्णय गर्दै प्रदेश १ को मन्त्रीपरिषद् बैठक बुधबार विहान सम्पन्न भएको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा

मिक्लाजुङमा न्यानो कपडा वितरण 

  मधुुमल्ला, १ माघ । मोरङको मिक्लाजुङ गाउँपालिका – ९ मा रहेको मनोकामना आधारभुत विद्यालयका विद्यार्थीहरुलाई सोमबार न्यानो कपडा वितण गरिएको छ

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am