• आइतबार ११-५-२०७५/ Sunday 17-02-19
  • ०७:१९
ad ad

फिलिपिन्सको एक चर्चमा विस्फोट, २७ जनाको मृत्यु

मनिला, माघ १३ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा अवस्थित एक चर्चमा आइतबार बिहान भएको विस्फोटनमा परी २७ जनाको मृत्यु भएको छ । 

फिलिपिन्सको राष्ट्रिय प्रहरीका प्रमुखले देशको दक्षिणी क्षेत्रमा पर्ने सुलु प्रान्तको चर्चमा आइतबार बिहान एकैसाथ दुई ओटा विस्फोटन भएको जानकारी दिए ।

प्रहरी प्रमुख ओस्कार अल्बायाल्डेका अनुसार मृत्यु भएकामध्ये अधिकांश फिलिसिन्सका सैनिक छन् । 

उनले विस्फोटनमा परी अरु ७७ जना घाइते भएका र उनीहरुको उपचार भइरहेको जनाए । दुवै विस्फोट स्थानीय समयअनुसार विहान करिब ८ः१५ बजेतिर दक्षिणी क्षेत्रको जोलो चर्चमा भएको बताइएको छ । 

उक्त चर्चमा एउटा बम बाहिर र अर्को चर्चभित्र गरी एक मिनेटको फरकमा ती दुई ओटा बम विस्फोट भएको अल्बायाल्डेले बताए ।

यस दुर्घटनामा परेकाहरुमा अधिकांश नियमित रुपमा चर्च जाने गरेकाहरु रहेका पनि प्रहरीले जानकारी दिएको छ । 

‘चर्चमा प्रार्थनाका बेला भएको विस्फोटनको हामी घोर भर्त्ना गर्दछौँ, सैन्य अधिकारीहरु र आम नागरिक मारिएका र घाइते भएका छन्, त्यो निकै दुःखद् छ,’ फिलिपिन्सका रक्षा सचिव डल्फीन लोरेन्जानले भने ।

उनले घटनाका पीडितहरुलाई तत्काल राहत तथा उद्धारका लागि सहयोग गर्न पनि निर्देशन दिइएको बताए । घाइतेमध्ये केहीको अवस्था चिन्तजनक रहेको र घटनाको विवरण सङ्कलन भइरहेकोले मृत्यु हुनेहरुको संख्या अझै बढ्नसक्ने अधिकारीहरुले जानकारी दिएका छन् । (रासस÷सिन्ह्वा)

प्रतिकृया दिनुहोस

विश्वभर आज प्रेम दिवस मनाईंदै

काठमाडौं , २ फागुन । विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाईंदै छ । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन्

एक होटलमा आगलागी, १७ जनाको मृत्यु

नयाँ दिल्ली, माघ २९ । भारतको राजधानी नयाँ दिल्लीस्थित करोल बाग क्षेत्रमा मंगलबार बिहानै एउटा होटलमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । आगो

रुस र टर्कीले सिरिया मामलामा मिलेर काम गर्ने

काठमाडौं, १५ पुष। सिरियाबाट आफ्ना सेना फिर्ता गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणापछि रुस र टर्कीले सिरिया मामलामा मिलेर काम गर्ने

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Song     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am