• आइतबार ११-५-२०७५/ Sunday 17-02-19
  • ०७:२६
ad ad

३ दिनसम्म मौसममा बदली भई पानी पर्ने सम्भावना

 

काठमाडौँ, १५  माघ /
देशभरको मौसममा पूर्ण सुधार आउन अझै केही दिन लाग्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, अबको ३ दिन देशभरको मौसममा बदली भई हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ ।

महाशाखाका अनुसार मंगलबार दिउँसो देशका पहाडी भेगहरुमा आंशिक बदली हुने छ । पूर्वी र मध्य पहाडी भेगका केही स्थानमा हल्का वर्षासमेत हुनसक्ने महाशाखाको प्रक्षेपण छ ।


मौसमविद गंगा नगरकोटीले भनिन्, ‘पूर्व र मध्यको आइसोलेटेड ठाउँहरुमा हल्का पानी पर्ने सम्भावना छ । भोलि सुदूरपश्चिम क्षेत्रमा पानी पर्न सक्छ ।’

मंगलबार काठमाडौंमा पानी पर्ने सम्भावना छैन । महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख गरिएअनुसार मंगलबारजस्तै बुधबार पनि मौसम धुम्म रहने छ । बुधबार दिउँसो र राति पनि देशका पश्चिमी र मध्य क्षेत्रलगायत पूर्वी पहाडी भागमा आंशिक बदली यथावत रहनेछ ।

बुधबार पश्चिमी पहाडी भेगका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । पश्चिमी भेगका उच्च हिमाली क्षेत्रहरुमा त हल्कादेखि मध्यम खालको हिमपात हुनसक्ने अनुमान मौसमविदहरुले गरेका छन् ।

बिहीबार देशका केही स्थानमा हल्का वर्षासँगै हिमाली भेगमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सरकार सही गन्तब्यमा : सभामुख महरा 

  विराटनगर, ४ फागुन । सभामुख कृष्णबहादुर महराले वर्तमान सरकार सही गन्तब्यमा अघि बढेको बताउनुभएको छ ।  विराटनगरमा विमानस्थलमा आज बिहान

सरकारको एक वर्ष : आर्थिक समृद्धिको आधार तयार

  काठमाडौँ, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफ्नो लक्ष्यमा सफल भएको बताउनुभएको छ । आफ्नो नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा

आज विदेशी मुुद्रा दर हेर्नुहोस्

  काठमाडौँ, माघ २९ नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ५८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ १८ पैसा

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Song     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am