• आइतबार ११-५-२०७५/ Sunday 17-02-19
  • ०८:२०
ad ad

जोगबनी–किमाथांका सडक यसै आर्थिक बर्षभित्र जोडिने

विराटनगर, १५ माघ । बहुप्रतिक्षित जोगबनी–किमाथांका सडक यसै आर्थिक बर्षभित्र जोडिने भएको छ ।

योसँगै एउटा मात्र देशसँगको व्यापारिक एकाधिकार अन्त्य हुने विश्वास गरिएको छ ।

निर्माण कार्य सुरु भएको १० बर्षपछि जोगबनी–किमाथांका सडकले पूर्णता पाउने भएको छ ।

कोशी राजमार्गअन्तर्गत मोरङको रानीबाट सुनसरी, धनकुटा र तेह्रथुम हुदै संखुवासभाको सीमावर्ती किमाथांकासम्म पुग्न अब १४ किलोमिटर मात्र बाँकी छ ।

उत्तर–दक्षिण कोसी सडक योजनाका अनुसार सडकको चेपुवा, छुमसुर घोङगोप्पा खण्डमा ट्रयाक खोल्न बाँकी छ ।

इन्जिनियर अजयकुमार साहले रानीदेखि किमाथांका यहीँ आर्थिक बष भित्र सडक सञ्जालले जोडने तयारी रहेको बताए ।

निर्माण सुरु भएको पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिए पनि १० वर्षसम्म पनि सडकले पूर्णता भने पाउन सकेको छैन ।

सडक सञ्जाल नहुँदाबारीमा उत्पादित साग सब्जी, आलुलगायतका खाद्यबालीले बजार नपाउँदा बारीमै कुहाउनुपर्ने र गाईवस्तुलाई खुवाउनुपर्ने अवस्था छ ।

खाँदबारी किमाथांका सडकमा ट्रयाक खोलिएमा स्थानीय स्तरमा उत्पादित बस्तुले बजार पाउने स्थानीयको भनाइ छ ।

अर्कोतर्फ रानी किमाथांका जोड्ने सडक बनेपछि चीन, भारत, भुटान र बंगलादेशबीच व्यापार गर्न सजिलो भएकाले यसको निर्माण कार्य समयमै सम्पन्न गर्न आवश्यक सहयोग र निगरानी आवश्यक छ ।

प्रतिकृया दिनुहोस

नेपाली सुन्तलाको गुणस्तर खस्कियो,

काठमाडौं, माघ २९ । पहाडी भूभाग धेरै भएको नेपालमा सुन्तलाको उत्पादन पनि निकै हुने गरेको छ । तर पछिल्ला वर्षहरुमा बगैंचाको व्यवस्थापन राम्रो नहुँदा

आज विदेशी मुुद्रा दर हेर्नुहोस्

  काठमाडौँ, माघ २९ नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ५८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ १८ पैसा

चियाको विषयमा पढाई हुने भएपछि इलामवासी उत्साहित

  इलाम, २१ माघ ।  चियाका विषयमा पढाइ हुने भएपछि इलामवासी उत्साहित भएका छन ।  इलाम सूर्योदय नगरपालिकाले माध्यमिक तहमा चिया विषयलाई पाठ्यक्रमको

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Song     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am