• आइतबार ११-५-२०७५/ Sunday 17-02-19
  • ०७:४४
ad ad

विराटनगरबाट श्रम स्वीकृती दिन शुरु

 

विराटनगर, २३  माघ / श्रम कार्यालय बिराटनगरबाट श्रम स्वीकृती दिन शुरु भएको छ । आज श्रम कार्यालय बिराटनगरले पहिलो सेवाग्राहीलाई श्रम स्वीकृत प्रदान गर्न थालेको हो । 

धनकुटा चौबिसे गाउँपालिका वडा नम्बर ५ बोधेका विजय खड्कालाई विराटनगरबाट पहिलो श्रम स्वीकृत प्रदान गरिएको हो । एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले खड्कालाई कतारको लागि श्रम स्वीकृत प्रदान गरेका हुन् । उनी यस अघि कतारममै बैदेशिक रोजगारीका लागि गएका हुन् । तीन महिनाको विदामा उनी घरमा आएकोमा फर्कने क्रममा उनले बिराटनगरबाट पहिलो श्रम स्वीकृत प्राप्त गरेका हुन् । उनले श्रम स्वीकृत प्राप्त गरेसँगै आफुलाई खुसी लागेको बताएका छन् । 

उनले काठमाडौँमा गएर श्रम स्वीकृत लिनको लागि निक्कै समय लाग्ने र झण्झटिलाले हुने गरेको सुनाउनुभयो । खड्का जस्ता धेरै श्रम स्वीकृतिको लागि बिराटनगरमा रहेको श्रम कार्यालयमा आउन थालेका छन् । पहिलो चरणमा नै श्रम स्वकृती प्रदान गर्ने भनिएको बिराटनगर श्रम कार्यालयमा बिभिन्न कारण देखिउँदै मन्त्रालयले पोखरा र बुटवलबाट मात्र पहिलो चरणमा श्रम स्वीकृती दिन थालेको थियो । 

एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले देशमै राजगारीको अबस्था सिर्जना नगर्दासम्म बैदेशिक रोजगारीमा जाने क्रमलाई रोक्नै नसकिने बताउनुभयो । उहाँले एक नम्बर प्रदेशले युवा लक्षित कार्यक्रम अन्तरगत ९ हजार युवालाई रोजगार मुलक तालिम दिने तयारी गरिएको जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

प्राइम एफ.एम.का घिमिरे राससको उत्कृष्ट समाचारदाताबाट पुरस्कृत हुने

  मोरङ, ३ फागुन । नेपालको एक मात्र सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) को ५८ औँ वार्षिक उत्सवका अवसरमा प्राइम एफ.एम.का समाचार संयोजक

सरकार सही गन्तब्यमा : सभामुख महरा 

  विराटनगर, ४ फागुन । सभामुख कृष्णबहादुर महराले वर्तमान सरकार सही गन्तब्यमा अघि बढेको बताउनुभएको छ ।  विराटनगरमा विमानस्थलमा आज बिहान

झापामा धमाधम सिसी क्यामरा जडान गरिँदै 

  झापा, ४ फागुन । अपराध नियन्त्रणमा सिसी क्यामरा प्रभावकारी देखिएपछि पछिल्लो समय झापामा धमाधम यसको जडान गरिदैँछ । समुदाय–प्रहरी साझेदारी

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Song     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am