• आइतबार ११-५-२०७५/ Sunday 17-02-19
  • ०८:०४
ad ad

उपसभामुख तुम्बाहाम्फेद्धारा उर्लाबारीका पत्रकारसँग छलफल 

 

उर्लाबारी, २७ माघ । प्रतिनिधिसभाका उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले आज बिहान उर्लाबारीका पत्रकारहरुसँग छलफल गर्नुभएको छ । ग्रामिण क्षेत्रका पत्रकारहरुको समस्याका विषयमा उपसभामुख तुम्बाहाम्फेले जानकारी लिनु भएको हो ।

उपसभामुख तुम्बाहाम्फेले पत्रकारहरुको समस्या, बिज्ञापन, मिडिया हाउस संचालनका कठिनाई लगायतका विषयमा जानकारी लिनुभएको थियो । उहाँले सञ्चार सम्बन्धी विधेयक संसदीय समितिमा छलफल भईरहेको बताउनुहुँदै पत्रकारहरुको हितमै सो विधेयक आउनुपर्ने धारणा राख्नुभयो । छलफल कार्यक्रममा पत्रकार दुर्गाप्रसाद भट्टराई, दुर्गा खतिवडा, रुपेन्द्र शेर्मा, केदार चौहान, जगन्नाथ भट्टराई, अर्जुन जम्नेली राई र घनश्याम भण्डारीले सरकारले समानुपातिक बिज्ञापन प्रणाली लागु गर्नुपर्ने बताउनुभयो ।

स्थानीय तहका मिडियामा बिज्ञापनको पहुँच पुग्न नसकेको बताउँदै पत्रकारहरुले मिडिया हाउसलाई बलियो बनाउन सकेमात्र पत्रकारहरुलाई न्युनतम पारिश्रमिक पाउन सहज हुने बताउनुभएको थियो । उर्लाबारीमा दुई वटा एफ.एम.रेडियो, दुई वटै दैनिक पत्रिका र तीन वटा साप्ताहिक पत्रिका रहेका छन् । 
 

प्रतिकृया दिनुहोस

प्राइम एफ.एम.का घिमिरे राससको उत्कृष्ट समाचारदाताबाट पुरस्कृत हुने

  मोरङ, ३ फागुन । नेपालको एक मात्र सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) को ५८ औँ वार्षिक उत्सवका अवसरमा प्राइम एफ.एम.का समाचार संयोजक

झापामा धमाधम सिसी क्यामरा जडान गरिँदै 

  झापा, ४ फागुन । अपराध नियन्त्रणमा सिसी क्यामरा प्रभावकारी देखिएपछि पछिल्लो समय झापामा धमाधम यसको जडान गरिदैँछ । समुदाय–प्रहरी साझेदारी

न्यानो अभियान नेपाल उर्लाबारीको सहयोग 

  उर्लाबारी, ४ फागुन । मोरङको बुढीगंगा गाउँपालिका वडा नं. २ मा त्रिपाल मुनी कष्टकर जीवन यापन गर्दै श्रवण र लक्ष्मी मण्डलको परिवारलाई न्यानो अभियान

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Song     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am