• आइतबार ११-५-२०७५/ Sunday 17-02-19
  • ०७:१०
ad ad

टिपरको ठक्करबाट मृत्यु

 

विराटनगर, २७ माघ । विराटनगर महानगरपालिका–२ बरगाछीमा आज बिहान टिपरको ठक्करबाट एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।
पूर्वबाट आएर दक्षिणतर्फ मोडिन खोजेको को १ ख ७०९२ नम्बरको टिपरको ठक्करबाट साईकलयात्री एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।

अन्दाजी ४५/५० वर्ष जतिका देखिने पुरुषको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ । उत्तरबाट साईकलमा दक्षिणतर्फ जाँदै गर्दा बरगाछी चोकैमा टिपरको पछाडिको चक्काले ठक्कर दिएको थियो ।

शवलाई पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ । ठक्कर दिने टिपर र त्यसका चालकलाई जिप्रका मोरङले नियन्त्रणमा लिएको छ ।
 

प्रतिकृया दिनुहोस

प्राइम एफ.एम.का घिमिरे राससको उत्कृष्ट समाचारदाताबाट पुरस्कृत हुने

  मोरङ, ३ फागुन । नेपालको एक मात्र सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) को ५८ औँ वार्षिक उत्सवका अवसरमा प्राइम एफ.एम.का समाचार संयोजक

सरकार सही गन्तब्यमा : सभामुख महरा 

  विराटनगर, ४ फागुन । सभामुख कृष्णबहादुर महराले वर्तमान सरकार सही गन्तब्यमा अघि बढेको बताउनुभएको छ ।  विराटनगरमा विमानस्थलमा आज बिहान

झापामा धमाधम सिसी क्यामरा जडान गरिँदै 

  झापा, ४ फागुन । अपराध नियन्त्रणमा सिसी क्यामरा प्रभावकारी देखिएपछि पछिल्लो समय झापामा धमाधम यसको जडान गरिदैँछ । समुदाय–प्रहरी साझेदारी

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Song     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am