• आइतबार ११-५-२०७५/ Sunday 17-02-19
  • ०७:३०
ad ad

उर्लाबारी नगरपालिकाको राजपत्र सार्वजनिक

 

उर्लाबारी, २७ माघ । उपसभामुख डा. शिवमाया तुम्वाहाङ्फेले वर्तमान संविधानलाई पुर्ण कार्यान्वयन गर्न तीनवटै सरकारबीच समन्वय भएमा मात्र संभव हुने बताएकी छन ।

उर्लाबारी नगरपालिकाले प्रकाशन गरेको स्थानीय राजपत्र विधीवत रुपमा आईतबार सार्वजनिक गर्नुहुदै उप–सभामुख तुम्वाहाङ्फेले संघ, प्रदेश र स्थानीय सरकार बिच समन्वय नहुदाँ  नागरिकलाई सेवा प्रदान गर्न नसकीने र अन्यौलता सगैँ समस्या सिर्जना हुने बताएकी छन । संघियताको कार्यन्ययनको समयमा मुलुक रहेको बताएदै उप–सभामुख तुम्वाहाङ्फेल तीनवटै सरकार समन्वय नगरी अघि बढ्नुको बिकल्प नरहेको बताएकी छन ।

  यसैगरी उपसभामुख तुम्वाहाङ्फेले केन्द्र, प्रदेश  र स्थानिय सरकारको समन्वय जस्तै स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरु बीच पनि सहकार्य गरी स्थानिय विकास निर्माणमा सकृयता देखाउदै नागरिकलाई बिकासको अनुभुती दिलाए मात्र नागरिकलाई सिहदरवारको अधिकारी वडामा आएको महसुश हुने बताएका छन

 उप–सभामुख तुम्वाहाङ्फेले उर्लाबारी नगरपालीकाको  कार्यसंपादन संन्तोष जनक रहेको बताउदै १८ महिनाको अन्तरालमा नागरिकका आवश्यकतालाई ध्यानमा राखी कानून निर्माण हुनु ठूलो उपलब्धी भएको   समेत बताएकी छन ।

 नगर प्रमुख खड्ग फागोको अध्यक्षतामा भएको सो कार्यक्रममा नगर प्रमुख फागोले नगरको विकासका लागि स्थानिय जनप्रतिनिधिहरु लागि परेको बताउदै नेपालमा पहिलो पटक स्थानीय सरकारले कार्यसंपमादन गरिएकाले  कार्यान्वयनमा केही समस्याहरु आउने बताउनुहुदै जनप्रतिनिधि र कर्मचारी बीच सहकार्य हुन आवश्यक भएको बताएका छन ।

  उर्लाबारी नगरपालिकाले २०७४ सालमा ७ वटा र २०७५ सालमा २२ वटा कानून निर्माण गरेको थियो । स्थानिय सरकार संचालनका क्रममा आवश्यक पर्ने  २९ वटा कानून, ७ वटा ऐन, ५ वटा नियमावली, २ वटा निर्देशिका, १ वटा आचार संहिता र १४ वटा कार्यविधिलाई समेटेर स्थानीय राजपत्र सार्वजनिक गरेको नगरपालिका प्रमुख फागोले बताएका छन ।

 सो कानुनमा कार्यपालीकाको बैठक संचालन, कार्य संम्पादन, कार्य विभाजन, पदाधिकारीहरुको आचार संहिता, आर्थीक ऐन, विपत व्यवस्थापन ऐन, एफ.एम, रेडियो संचालन कार्य विधी, अपाङगता भएको व्यक्तिहरुको परिचय–पत्र वितरण कार्यविधी, क्यान्सर, मृगौला, मुटुरोग तथा स्पाईनल ईन्जुरीका बिरामीहरुलाई उपचारका लागि यातायात खर्च प्रदान गर्ने निर्देशिका आदी समावेश गरीएको छ ।

प्रतिकृया दिनुहोस

प्राइम एफ.एम.का घिमिरे राससको उत्कृष्ट समाचारदाताबाट पुरस्कृत हुने

  मोरङ, ३ फागुन । नेपालको एक मात्र सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) को ५८ औँ वार्षिक उत्सवका अवसरमा प्राइम एफ.एम.का समाचार संयोजक

सरकार सही गन्तब्यमा : सभामुख महरा 

  विराटनगर, ४ फागुन । सभामुख कृष्णबहादुर महराले वर्तमान सरकार सही गन्तब्यमा अघि बढेको बताउनुभएको छ ।  विराटनगरमा विमानस्थलमा आज बिहान

झापामा धमाधम सिसी क्यामरा जडान गरिँदै 

  झापा, ४ फागुन । अपराध नियन्त्रणमा सिसी क्यामरा प्रभावकारी देखिएपछि पछिल्लो समय झापामा धमाधम यसको जडान गरिदैँछ । समुदाय–प्रहरी साझेदारी

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Song     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am