• सोमबार ९-२-२०७५/ Monday 17-12-18
  • ०३:३३

‘एकल महिलाले पनि सहकारीको नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण दिन चाहन्छु’

मनकुमारी गुरुङ
अध्यक्षको उम्मेदवार
रमाइलो बचत तथा ऋण सहकारी संस्था लि., कानेपोखरी–६ मोरङ

दिनचर्या कसरी विताईरहनु भएको छ ?
 - वास्तवमा मेरा हरेक दिनहरु समाजसेवामा लगायत शिक्षा क्षेत्रमा, आउँदो पिंढीहरुको भविष्य उज्वल बनाउन कसरी सकिन्छ भन्ने कुरामा वितिरहेको हुन्छ ।
तपाई शिक्षा क्षेत्रमा आबद्ध व्यक्ति रमाइलो साकोसमा अध्यक्ष पदको लागि उम्मेदवारी दिनु भयो दुईवटै संस्थालाई कसरी अगाडि बढाउनुहुन्छ ?
 - वि.सं. २०४९ सालमा स्थापित रमाइलो साकोसमा २०६२ सालदेखि साधारण शेयर सदस्य र २०७१ देखि सञ्चालक समिति सदस्य रहीसकेकी छु । अब यस संस्थालाई सफल रुपमा हाक्न सक्छु भन्ने मलाई आत्म विश्वास छ साथै महिलाले पनि नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण दिन चाहन्छु । त्यसैले अध्यक्ष पदका लागि उम्मेदवारी दिएकी हुँ । म अध्यक्षमा विजयी भएपछि यस रमाइलो साकोसका सम्पूर्ण सदस्यहरुलाई सहकारीका काम, कर्तव्य र अधिकारका बारेमा ज्ञान दिंदै सम्पूर्ण अवसरहरु समानरुपमा प्रदान गर्नेछु ।
जित्नका लागि के के तयारी गर्नुभएको छ ?
 - यस चुनावी साधारणसभाबाट निर्वाचित हुनका लागि एकल महिलाले पनि अवसर र पद पाए केही गर्न सकिन्छ भन्ने विश्वासका साथ उम्मेदवारी दिएको हुनाले म सबैसंग एकपटक मौका दिएर हेर्नुहोस भन्ने सन्देश शेयर सदस्यहरुलाई दिंदै छु ।
पार्टीगत सपोर्ट चाहीं कत्तिको छ तपाईलाई ?
 - एउटा सामाजिक संस्था चलाउन पार्टीगत गन्ध आउनु हुँदैन । यो संस्थामा नेतृत्व गर्ने व्यक्तिले निष्पक्ष काम गर्नु पर्ने हुन्छ । त्यसैले यसमा पार्टीगत परिचय लिएर आउने जो कोहीले पनि निष्पक्ष रुपमा सबैलाई समान व्यवहार गर्छ भन्ने कुराको ग्यारेन्टी हुँदैन । होला, म कुनै पार्टीमा आश्था राख्छु तर मैले त्यही पार्टीको आडमा अध्यक्ष पदमा उम्मेदवारी दिएको होइन । म एउटा युवा वर्गको नेतृत्व गर्ने महिला त्यसमा पनि एकल महिला हो । मैले समग्र महिलाको प्रतिनिधित्व गर्दै अध्यक्षमा उम्मेदवारी दिएको छु । यसमा मलाई मेरो पार्टीमा आश्था राख्ने मात्र नभई सम्पूर्ण शेयर सदस्यहरुले मतदान गरेर एउटा अवसर दिनुहुनेछ भन्ने आशा लिएको छु । 
अध्यक्षमा विजयी भएपछि के गर्नुहुन्छ ?
 - सहकारी संस्थाहरु अहिले नेपालमा धेरै छन् । धेरै मध्ये केही त राम्रो व्यवस्थापन हुन नसक्दा सहकारी नै समाप्त भएका उदाहरणहरु छन् । यो रमाइलो साकोस लामो समयदेखि सञ्चालन भएपनि अझ व्यवस्थित तरीकाले सञ्चालन नभएको मैले महसुस गरेको छु । म अध्यक्ष भएपछि यसलाई अझ सुदृढ ढंगले सञ्चालन गर्नेछु । अहिलेसम्म देखिएका कमिकमजोरीहरुलाई सच्याउँदै सबैलाई समान अवसर र सुविधाहरु प्रदान गर्दै अगाडि बढ्ने छु । 
तपाई पर्ल एकेडेमी इंग्लिस स्कुलको सञ्चालक हुनुहुन्छ, यी दुवै संस्थाको काम गर्दा समय कसरी व्यवस्थापन गर्नुहुन्छ ?
 - हाल आएर मेरो विद्यालयमा मैले प्रिन्सिपलदेखि लिएर सबै कर्मचारीहरुले व्यवस्थापन गरेको हुँदा मलाई यस सहकारीको अध्यक्ष पदमा रहेर काम गर्न कुनै असजिलो हुने छैन । केही सहकारीहरुको उदाहरण हेर्ने हो भनें शिक्षण संगै सहकारीको अध्यक्ष पनि चलाइरहेको देखिन्छ । उहाँहरुले जसरी गर्नुभएको छ, म पनि उहाँहरुसंग र पूर्व सञ्चालकहरुसंग सल्लाह लिएर काम गर्नेछु । एक त मेरो इच्छा भएकोले पनि म समय व्यवस्थापन गर्न सक्छु भन्ने ममा विश्वास छ ।
सरकारले सहकारी एकीकरण गर्न दवाव दिइरहेको छ, उक्त अभियानलाई कसरी अगाडि बढाउनुहुन्छ ?
 - सहकारी नीतिनियमको पालना गरेर एकीकरण अभियान अगाडि बढाउन भरपुर सहयोग गर्नेछु । 
अन्त्यमा केही भन्नु छ की ?
मेरा भनाई राख्ने अवसर दिनुभएको तपाईलाई धेरैधेरै धन्यवाद दिन्छु र सम्पूर्ण सदस्यज्यूहरुले आफ्नो अमूल्य मत दिई सहयोग गरिदिन आग्रह गर्दछु ।

प्रतिकृया दिनुहोस

नेम्वाङको ठोकुवा : प्रधानमन्त्रीले अधिनायवकवादी ब्यवहार गरिरहेका छन

लामो समय सभामुख रहेका संबिधानसभाका अध्यक्ष तथा एमाले नेता सुवास नेम्वाङ भर्खरै प्रतिनिधि सभाको चुनावमा इलामबाट निर्वाचित भए । संविधान तथा कानुनका

'पार्टी एकतामा ‘रात रहे अग्राख पलाउँछ’ भन्ने नसोचे हुन्छ - सापकोटा

माओवादी सचिवालय सदस्य अग्निप्रसाद सापकोटा अहिले दोहोरो चपेटामा हुनुहुृन्छ । सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा भारी

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am