• बिहीबार ७-१-२०७५/ Thursday 18-10-18
  • ०४:११
ad ad

भारतीय नागरिकलाई अपहरण मुक्त गर्न सफल मोरङ प्रहरी 

मोरङ, २९ माघ । अपहरण गरेर नेपाल ल्याइएका तीन भारतीय नागरिकलाई सकुशल उद्धार गर्न नेपाल प्रहरी सफल भएको छ ।  मोरङको सुन्दहरैंचा नगरपालिका–९ का नारायण साहको घरमा बन्धक बनाएर राखिएको अवस्थामा उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टोलीले तीन दिनपछि उद्धार गरेको हो ।

भारतीय नागरिकलाई अपहरण गरेर नेपालतर्फ ल्याइएको छ भन्ने सूचना प्राप्त भएपछि बेलबारीका प्रहरी नीरिक्षक रामजी कट्वाल उद्धारमा आफै खटेका थिए । उनीहरुलाई शनिबार राति ११ : ३० बजे उद्धार गरिए पनि प्रहरीले घटनाका बारेमा आज मात्र जानकारी दिएको छ । मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीका अनुसार अपहरणमा परेका मध्ये भारतको खगडिया जिल्ला बेन्दोर पञ्चायतका अजयकुमार साह, अखिलेश साह र दिनबन्धु तिवारीलाई सकुशल रुपमा अपहरण मुक्त गरिएको हो ।

प्रहरीका अनुसार अपहरणमा परेका मध्ये तिवारी स्थानीय पण्डित पनि हुन् । भारतको फारवेशगन्जबाट उनीहरु सहित छ जना यही माघ २४ गते अपहरणमा परेका थिए । बिसीका अनुसार अजयकुमार, अखिलेश र दिनबन्धु सहित राजकिशोर साह, बालेश्वर रजक र रञ्जित कुमारलाई एकै पटक अपहरण गरेपछि जोगवनीबाट गाडी रिजर्व गरेर नेपालतर्फ ल्याइएको प्रहरीले जानकारी दिएको छ ।
 

प्रतिकृया दिनुहोस

बडादसैंको आठौं दिन आज

काठमाडौं,३१ असोज  । बडादसैंको आठौं दिन आज महाअष्टमी पर्वमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ । महाअष्टमीका दिन दुर्गा

मोरङका विभिन्न स्थानमा परम्परागत रुपमा फुलपाती भित्र्याइयो

मोरङ, ३० असोज । हिन्दु धर्मालम्बीहरुको महान चाड बडा दशैंको सातौ दिन आज मोरङका विभिन्न स्थानमा परम्परागत रुपमा फुलपाती भित्र्याइएको छ । विराटनगरको

उर्लाबारीमा डेँगु नियन्त्रणका लागि लार्भा नष्ट

  उर्लाबारी , २८ असोज / उर्लाबारी नगरपालिकाले डेँगु रोग नियन्त्रणका लागि लामखुट्टेको वासस्थान खोजेर त्यसको लार्भा नष्ट गरेको छ । उर्लाबारी

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am