• शनिबार ४-५-२०७५/ Saturday 21-07-18
  • ११:५१

आज शिवरात्रि पर्व मनाईदै 

काठमाडौँ, १ फागुन । फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । 
वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् ।

शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ ।  फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइन्छ । माघ महीनामा महादेवको रुद्रत्व अर्थात जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्वले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।

व्रतमध्ये सर्वाेत्तम महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसेम सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगामा प्रसाद बनाई ग्रहण गरिन्छ । 
 

प्रतिकृया दिनुहोस

केसी अनसन बसेको अस्पताल तनावग्रस्त,

काठमाडौ,३ श्रावण । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झडप भएको छ । २० दिनदेखि अनसन बसिरहेका डाक्टर गोविन्द केसीलाई काठमाडौं पठाउन प्रहरीले बल

धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन

सुनसरी, १ श्रावण ।     सुनसरीको धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ । सुब्बाको आजदिउँसो साढे १ बजे काठमाडौंको ग्राण्डी इन्टरनेशनल

किन मागे गोरेले सेनाको सुरक्षा 

काठमाडौं, ३२ असार ।साढे ३३ किलो सुन तस्करीका नाइके भनिएका चुडामणि उप्रेती ‘गोरे’ले प्रहरीको सुरक्षामाथि शंका गरेका छन्। प्रहरीसँग असुरक्षित

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am