• सोमबार ९-२-२०७५/ Monday 17-12-18
  • ०४:५८

पथरी उद्योग बाणिज्य संघको अध्यक्षमा बस्नेत 

पथरी, १ फागुन । मोरङको पथरीशनिश्चरेस्थित पथरी उद्योग बाणिज्य संघको अध्यक्षमा दिपक बस्नेत निर्वाचित हुनु भएको छ । हिजो भएको मतदानको आज बिहान सम्पन्न मतगणना अनुसार अध्यक्षमा ३६९ मत ल्याउँदै बस्नेत निर्वाचित हुनुभएको हो ।

उहाँका प्रतिद्धन्द्धी निवर्तमान अध्यक्ष धनकुमार तामाङले २७४ मत ल्याउनुभएको थियो । यस्तै बरिष्ठ उपाध्यक्षमा ४१७ मत ल्याउँदै विजय डाँगी निर्वाचित हुनुभयो । प्रतिद्धन्द्धी कविता पराजुलीले २०६ मत ल्याउनुभयो । उपाध्यक्षमा यादवचन्द्र दुलाल ४०० मत ल्याएर निर्वाचित हुँदा उहाँका प्रतिद्धन्द्धी देवीप्रसाद रिजालले २०७ मत ल्याउनुभएको थियो । यस्तै महासचिवमा अशोककुमार राई निर्वाचित हुनभएको छ । उहाँले ३४४ मत ल्याउनुभयो भने उहाँका प्रतिद्धन्द्धी दुर्गाप्रसाद भट्टराईले २६२ मत ल्याउनुभयो । संघको उद्योग सचिवमा दिनेश पौडेल, बाणिज्य सचिवमा खेमनाथ ढुंगेल, कोषाध्यक्षमा राजेन्द्र बस्नेत निर्वाचित हुनुभएको छ । यस्तै सदस्यहरुमा प्रदीप फुँयाल, नितन कार्की, बलिदान चेम्जोङ, भगवती कटुवाल निर्वाचित हुनुभएको छ । 
 

प्रतिकृया दिनुहोस

इलाममा लगानी सम्मेलन हुने

इलाम, १ पुस । इलाम सदरमुकाममा यही पुस २० गते लगानी सम्मेलन हुने भएको छ । कात्तिक २० गते गर्ने भनिएको तर अन्तिम समयमा स्थगन भएको लगानी सम्मेलन पुस २० गते

काङ्ग्रेस महासमिति बैठकको बन्द सत्र शुरु

काठमाडौँ, १ पुस । नेपाली काङ्ग्रेस महासमिति बैठकको बन्द सत्र बिहानदेखि शुरु भएको छ । बन्द सत्रमा महामन्त्री डा शशाङ्क कोइरालाले ‘साङ्गठनिक

फुटबल प्रतियोगिता गर्न एन्फा र प्रदेश १ मासरकारबीच सम्झौता

२८ मंसिर, काठमाडौं । प्रदेश १ सरकार र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच फुटबल प्रतियोगिता आयोजना गर्नका लागि सम्झौता भएको छ । शुक्रबार प्रदेश १ सरकारका

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am