• बिहीबार १-६-२०७५/ Thursday 19-04-18
  • ११:२५

हात्तीको आक्रमणबाट दुईको मृत्यु

सप्तरी, १ फागुन । सप्तरी कंचनपुरस्थित कोशी टप्पुमा हात्तीको आक्रमणबाट आज दुईजना महिलाको मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट एक्कासि निस्केको हात्तीले आक्रमण गर्दा कंचनरुप नगरपालिका–५ की ३७ वर्षीया मञ्जु साह र ४५ वर्षीया दुर्गीदेवी मुखियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । 

घाँस, दाउरा खोज्न आरक्षतर्फ जाँदै गर्दा उनीहरुलाई जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाइएको छ । हात्तीले उनीहरुमाथि पछाडिबाट आक्रमण गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । उनीहरुसँगै जाँदै गरेकी बुधनीदेवी सदा भने भाग्न सफल भएकी छन् । 

सो क्षेत्रमा दैनिक हात्ती आतंक बढ्दा स्थानीयवासी डरले रातभरि जाग्राम बस्नुपर्ने बाध्यता रहेको जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

उर्लाबारीको राधिका माविलाई राष्ट्रपति रनिङ शिल्ड

विराटनगर, ६ वैशाख । १० औं राष्ट्रपति रनिङ शिल्ड तथा अन्तर विद्यालय खेलकुद प्रतियोगिताको उपाधि उर्लाबारीको राधिका माविले जितेको छ । विराटनगरस्थित

इलाममा आजदेखी माईभ्याली गोल्डकप सुरु हुँदै

इलाम, ६ बैशाख । इलाममा बिहिवारदेखी चौथो अन्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फुटवल प्रतियोगिता सुरु हुँदैछ ।  बिहिवार हुने प्रतियोगिताको

त्रिविका सबै कार्यालय र आंगिक क्याम्पसहरु आज बन्द

काठमाण्डौँ, ६ बैशाख ।  त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै कार्यालय र आंगिक क्याम्पसहरु बिहिवार बन्द छन् । पूर्वरजिष्ट्रार निलकण्ठलाल

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am