• शनिबार ४-५-२०७५/ Saturday 21-07-18
  • ११:५०

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र उर्लाबारीको कार्यक्रम

उर्लाबारी,१ फागुन । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र उर्लाबारीले परमपिता परमात्मा शिवको ८२ औं त्रिमूर्ति शिव जयन्तीको अवसरमा आज झण्डोत्तलन तथा शान्ति पदयात्रा कार्यक्रम गरेको छ । 

मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुशल लिम्बूको प्रमुख आतिथ्यता तथा ब्रह्माकुमारी मीराको सभापतित्वमा उक्त कार्यक्रम भएको हो । प्रमुख अतिथि लिम्बूले धार्मिक सद्भाब र एकता आजको आवश्यकता भएको बताउनुभयो । उहाँले धार्मिक एकता, सद्भाव र भाइचारा सम्बन्धमा जोड दिनुभएको छ । अब आर्थिक विकासको युग सुरु भएको उल्लेख गर्दै उहाँले भन्नुभयो– स्थिरता, विकास र समृद्धि आजको आवश्यकता हो ।’ त्यस्तै, विशिष्ठ अतिथि उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोले आध्यात्मिक ज्ञानतर्फ समाज अघि बढ्नु पर्नेमा जोड दिनुभएको छ ।

समाज रुपान्तरणमा जोड दिँदै उहाँले धार्मिक विकासमा नगरपालिकाको तर्फबाट सकारात्मक सहयोग गर्ने बताउनुभएको छ । कार्यक्रममा नेकपा एमाले मोरङका मोर्चा विभाग प्रमुख रुपेश खतिवडा, एमाले मोरङ जिल्ला सचिवालय सदस्य मानबहादुर श्रेष्ठ, वडा नं. ३ का वडाध्यक्ष गन्जबहादुर कार्कीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महेश ब्रहाकुमारले गर्नुभएको थियो । 
 

प्रतिकृया दिनुहोस

बायोमेट्रिक्स डिजिटल हाजिरी प्रभावकारी बन्दै

इलाम, ४ साउन ।  इलामको सूर्याेदय नगरपालिकाका सामुदायिक विद्यालयमा राखिएको बायोमेट्रिक्स डिजिटल हाजिरी प्रभावकारी बन्दै गएको छ । नगर प्रमुखले

उफ ! उर्लाबारी सहित पूर्वमा गर्मी बढ्यो 

उर्लाबारी, ४ साउन । विराटनगरसहित मोरङ जिल्लामा केही दिनदेखि गर्मी बढ्दै गएको छ । विराटनगर विमानस्थलको कन्ट्रोल रुमका अनुसार हिजो दिउँसोको तापक्रम

पूर्वमा एक वर्षमा पाँच सय ६९ जनाको मृत्यु 

  मोरङ, ३ साउन । पूर्वका १६ जिल्लामा आर्थिक वर्ष २०७४/०७५ मा दुई हजार सात सय सातवटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परेर पाँच सय ६९ जनाको

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am