• आइतबार ६-७-२०७५/ Sunday 23-09-18
  • ०६:०५

ट्याक्टरको ठक्करबाट युवकको मृत्यु 

मोरङ, १ फागुन ।  मोरङको धनपालथान गाउँपालिका – ६ स्थित रंगेली – विराटनगर सडक खण्डमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको आज बेलुका मृत्यु भएको छ । 

विराटनगरबाट रंगेलीतर्फ आउँदै गरेको को १० प ९६३९ नम्बरको मोटरसाइकललाई बिपरित दिशाबाट जाँदै गरेको नम्बर खुल्न नसकेको ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकलको पछाडी सवार सुनवर्षी नगरपालिका घर भएका १९ वर्षिय मनिश सुबेदीको मृत्यु भएको हो । ट्याक्टरको ठक्करबाट गम्भिर घाईते भएका सुबेदीको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । मोटरसाइकलका चालक भने सकुशल रहेका छन् । ठक्कर दिने ट्याक्टरसहित चालक फरार रहेकाले उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

लागूऔषधसहित ५ जना पक्राउ

सुनसरी,७ असोज  / सुनसरीको ईटहरी उप–महानगरपालिका–४ स्थित आर्मी क्याम्प नजिकबाट शनिबार राती लागूऔषधसहित ५ जनालाई पक्राउ परेका छन् । ईलाका प्रहरी

गोली प्रहारबाट एकको मृत्यु

इनरुवा, ४ असोज / सुनसरीको हरिनगर गाउँपालिका २ र ६ मा आज भएको गोली प्रहारबाट सोही गाउँपालिका–२ का ५६ वर्षीय मौलाना खुर्सीद अन्सारीको मृत्यु भएकोछ ।

सगरमाथा बचतद्धारा रेडक्रस उर्लाबारी उपशाखालाई सहयोग

उर्लाबारी, ३ असोज ।      उर्लाबारी – ५ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।    

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Song     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am