• बुधबार ११-९-२०७४/ Wednesday 21-02-18
  • ०५:०१

पार्टी एकता संयोजन समितिको बैठक बस्दै 

काठमाडौँ, २ फागुन । एमाले र माओवादीबीचको पार्टी एकता बारे छलफल गर्न आज पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ । 
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएपछि आज दिउँसो ३ बजेका लागि एकता संयोजन समितिको बैठक बोलाइएको हो ।

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको एक्लाएक्लै वार्तामा लगभग सहमति भइसकेकाले सम्भवत पार्टी एकता बारे आज ठोस निर्णय हुने ओलीको निजी सचिवालयले जनाएको छ । एक्लाएक्लै छलफलमा दुवैले सहअध्यक्ष लिनेगरी पार्टी एकता गर्ने सहमति भएको छ । सरकारको नेतृत्व आलोपालो गर्ने कि ओलीले मात्र ५ वर्ष चलाउने भन्नेबारे एकता संयोजन समितिको बैठकमा छलफल हुनेछ  । नयाँ सरकार गठनअघि नै एकताको खाका टुंग्याउने दुई दलको तयारी छ ।

आउँदो हप्ताभित्र नयाँ सरकार गठन भैसक्ने भएकाले एक दुई दिनमै पार्टी एकताको खाका तयार हुने दुवै दलका नेताहरुले बताएका छन् । एकता संयोजन समितिमा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष दाहाल, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य हुनुहुन्छ । 
 

प्रतिकृया दिनुहोस

सरकार र राष्ट्रपतिको कदमप्रति काँग्रेसको आपत्ति

काठमाण्डौँ, ८ फागुन ।  प्रमुख विपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली सरकारले राष्ट्रियसभामा गरेको तीन सदस्यको सिफारिसमा आपत्ति जनाएको छ

विद्यालय शिक्षाको विकासलाई जोड 

उदयपुर, ८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध र आधुनिक विकसित नेपाल बनाउनका लागि विद्यालय शिक्षाको विकासलाई जोड दिनुपर्ने बताउनुभएको छ

पार्टी एकता गर्ने सहमति 

काठमाण्डौँ, ८ फागुन । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भएको छ । दुई दलका नेताहरुले पार्टी एकताका सातबुँदे आधारमा हस्ताक्षर

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am