• बुधबार २-९-२०७५/ Wednesday 23-05-18
  • ०२:५०

काँग्रेसले समानुपातिक सूची सच्यायो

काठमाडौँ, २ फागुन / नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको स्थानअनुसार निर्वाचन आयोगमा पठाएको नामावली सच्याएको छ । 

काँग्रेसले मोहनप्रसाद पाण्डेको नाम हटाई रामबहादुर विष्टको नाम राखेको छ भने दीपशिखा शर्माको नाम हटाइ रंगमती शाहीको नाम राखेको पार्टी केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिनुभयो । 

नाम थपिएका विष्ट र शाही दुबै पिछडिएका क्षेत्रबाट परेका हुन् । यस अघिको सूचीमा नाम रहेका पाण्डे र शर्मा दुबै खस÷आर्य कोटामा परेका थिए । काँग्रेसले बुझाएको समानुपातिक सूचीमा पिछडिएको क्षेत्रबाट कुनै पनि प्रतिनिधित्व नभएको भन्दै आयोगले सच्याउन दुई दिनको समय दिएको थियो । 

काँग्रेसले यस अघिको सूची सच्याएर आजै आयोगमा बुझाउँदैछ । आयोगले दलहरुलाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्राप्त गरेको समानुपातिक तर्फको सिटअनुसार सूची बुझाउन दोस्रो पटक दिएको समय आज सकिदैछ । 

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको माघ २९ गते बसेको बैठकले समानुपातिक स्थानमा नामावली टुंगो लगाई सोही दिन आयोगमा सूची बुझाएको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ काँग्रेसले ४० स्थान प्राप्त गरेको छ । 

प्रतिकृया दिनुहोस

विराटनगरको भारतीय फिल्ड अफिस हट्छ : प्रधानमन्त्री 

काठमाण्डौ, ५ जेठ / प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हट्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको

नेकपाःनयाँ केन्द्रीय सदस्यका लागि नीति–मापदण्ड बनाइने

काठमाडौँ,५ जेठ / नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय कार्यालयको टुङ्गो एक दुई दिनमै लगाउने भएको छ ।  तत्कालीन नेकपा एमाले र नेकपा माओवादी

एमाले र माओबादी केन्द्रबीच पार्टी एकता हुँदै

काठमाण्डौ, ३ जेठ । नेकपा एमाले र माओबादी केन्द्रबीच आज पार्टी एकता हुँदैछ । हिजो प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको छलफलले

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am