कांग्रेसको १९ जना निर्वाचित पदाधिकारीका लागि को-को बने उम्मेदवार ?

काठमाडौं । कांग्रेसको १५ महाधिवेशनबाट पदाधिकारीमा चुनिनका लागि निर्वाचित हुने १९ पदाधिकारीका पद छन् । सभापति १, वरिष्ठ उपसभापति एक सहित चार उपसभापति, महामन्त्री ३, सहमहामन्त्री १५, कोषाध्यक्ष १ गरी २४ जना पदाधिकारी हुने व्यवस्था गरिएको छ । सहमहामन्त्रीमा चार जना र कोषाध्यक्ष एक जना सभापतिले मनोनीत गर्ने व्यवस्था छ । त्यस अनुसार निर्वाचित हुने पदाधिकारी संख्या १९ जनाको हुनेछ ।

यो समाचार तयार पार्दासम्म १९ जना पदाधिकारीका लागि ५७ जनाको उम्मेदवारी परेकाे छ । यद्यपि निर्वाचन समितिले कति जनाको उम्मेदवारी दर्ता भएको भन्ने आधिकारिक डाटा उपलब्ध गराएको छैन ।

पार्टीको सर्वोच्च पदका लागि तीन जनाको उम्मेवारी परेको छ । सभापति पदमा सभापति गगन थापा, पूर्व सहमहामन्त्री किशोरसिंह राठोर र श्यामकृष्ण खड्गीको सभापति पदमा उम्मेदवारी परेको छ । सहमहामन्त्री राठोर पहिले देउवा समूहमा थिए । बर्दिया–२ का राठोर त्रिचन्द्र क्याम्पसमा स्ववियू सभापति हुँदा पार्टी सभापति गगन थापा विद्यार्थी संगठनको राजनीतिमा थिए । सभापति थापाका बनस्थली स्कूलमा पढ्दा शिक्षक रहेका खड्गी अहिले उनकै प्रतिस्पर्धी भएका छन् ।

वरिष्ठ उपसभापति १, समावेशी अनुसार महिला उपसभापति (१) खुलातर्फ उपसभापति (२) हुने विधानको व्यवस्था छ । वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माको एकल उम्मदेवारी परेको छ । साथै उपसभापति पदमा महिला क्लष्टरमा पुष्पा भुसालको पनि एकल उम्मेदवारी परेको छ । शर्मा र भुसाल दुबै जना हाल उपसभापति पदमा छन् ।

गत पुसमा विशेष महाधिवेशन आह्वान गर्न तत्कालीन शर्माले नेतृत्वदायी भूमिका खेलेका थिए । पहिले देउवा समूहमा रहेकी भुसाल विशेष महाधिवेशनको पक्षमा लागिन् । उनी उपसभापति बनिन् ।

उपसभापति समावेशी क्लष्टरबाट हुने एक जनाका लागि जीवन परियार, विनोद चौधरी, फरमुल्ल्लाह मन्सुर, सीता गुरुङ र रञ्जित कर्णले उम्मेदवारी दिएका छन् । खुला महिलातर्फ एक जनाको मात्रै उम्मेदवारी परेको छ ।

पूर्व सहहामन्त्री परियार गत वैशाखमा संस्थापन पक्षमा प्रवेश गरेका हुन् । उनी उपसभापति भुसालको नेतृत्वमा रहेको इलेक्सन व्यूरोको उप्रमुख एवं विधान मस्यौदा समितिको सदस्य रहेर काम गरेका छन् ।

उद्योगपति चौधरी विशेष महाधिवेशनमा पार्टीको नयाँ नेतृत्वसँग नजिकिएका थिए । गत निर्वाचनमा चौधरीले नवलपरासीबाट प्रतिस्पर्धा गरेका थिए । चौधरी पूर्व सभापति शेरबहादुर देउवाको कार्यकालमा केन्द्रीय सदस्य पदमा थिए ।

१४ औं महाधिवेशनमा देउवा पक्षबाट मुस्लिम क्लष्टरमा सहमहामन्त्री बनेका मन्सुर विशेष महाधिवेशन अघि नै सभापति थापासँग नजिकिएका थिए । पूर्वमन्त्री सीता गुरुङले समावेशी क्लष्टरमा उपसभापति पदमा उम्मेदवारी दिएकी छन् । अघिल्लो केन्द्रीय समितिमा रहेकी गुरुङ महाधिवेशनको नजिक संस्थापन पक्षमा खुलेकी हुन् । राष्ट्रिय सभा सदस्य रहेका रञ्जित कर्ण नेविसंघका पूर्व अध्यक्ष हुन् ।

खुलाबाट दुई जना उपसभापति हुने व्यवस्था छ । त्यसतर्फ डा. चन्द्र भण्डारी, डा मिनेन्द्र रिजाल, देवराज चालिसे, मधु आचार्य, धनराज गुरुङ, डा. चन्द्रमोहन यादव, सुरेन्द्र पाण्डे, गोविन्द भट्टराई र दीपक गिरीले उम्मेदवारी दिएका छन् ।

भण्डारी गत महाधिवेशनमा उपसभापतिमा पराजित भएका थिए । उनी गत निर्वाचनमा चुनावी प्रतिस्पर्धी थिए । गत महाधिवेशनबाट उपसभापति बनेका धनराज गुरुङ त्यही पदका लागि उम्मेदवार बनेका छन् ।

अघिल्लो महाधिवेशनमा महामन्त्रीका प्रतिस्पर्धी डा.रिजाल खुला तर्फ उपसभापति पदमा उम्मेदवार बनेका छन् । प्रवक्ता चालिसे उपसभापतिको उम्मेदवार बनेका छन् । उनी विशेष महाधिवेशनको अगुवा समेत हुन् । विशेष महाधिवेशनकै अर्का अगुवा मधु आचार्य पनि उपसभापतिको उम्मेदवार बनेका छन् ।

उनी उपसभापति शर्मा नेतृत्वको नीति प्रतिष्ठानको उपप्रमुख समेत हुन् । गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे पनि उपसभापतिको प्रतिस्पर्धी बनेका छन् । गत महाधिवेशनमा उनी देउवा पक्षमा थिए । प्रतिनिधि सभा सदस्य डा. चन्द्रमोहन यादव पनि खुला उपसभापति पदमा उम्मेदवार बनेका छन् ।

संशोधित विधानले एक महिला सहित तीन महामन्त्री हुने व्यवस्था गरेको छ । दुई जना खुला तर्फबाट छानिने छन् । महामन्त्रीद्धय प्रदीप पौडेल र गुरुराज घिमिरे सोही पदमा दोहिरिने इच्छा राखेका छन् ।

सहमहामन्त्री उदय शमशेर राणाले महामन्त्री पदमा उम्मेदवारी दिए । पूर्व केन्द्रीय सदस्य एवं नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महर खुला महामन्त्री पदका उम्मेदवार बने । पूर्व सांसद सुनिल शर्मा पनि महामन्त्रीको उम्मदेवार बनेका छन् ।

लुम्बिनीका सभापति अमरसिंह पुन र युवा विश्लेषक शंकर तिवारीले कार्यकारी पद महामन्त्रीको उम्मेदवार बनेका छन् । युवा उमेर समूहका डा.प्रकाश उपाध्याय महामन्त्रीको उम्मेदवार बनेका छन् । विगतमा नेविसंघको राजनीति गरेका उनले एमबीबीएस तहको अध्ययन सकेका छन् । उनी अछाम निवासी हुन् ।

महिलातर्फबाट महामन्त्री पदमा एक महिला छानिने व्यवस्था छ । महिला क्लष्टरबाट महामन्त्री पदमा तीन जनाको उम्मेदवारी परेको छ । डिला संग्रौला, महालक्ष्मी उपाध्याय डिना र रिता खनालले उम्मेदवारी दर्ता गरेका छन् ।

१४ औं महाधिवेशनमा महालक्ष्मी ‘डिना’ले महिला क्क्लष्टरबाट सहमहामन्त्रीमा निर्वाचित भएकी थिइन् । तत्कालीन समयमा सहमहामन्त्रीको आकांक्षी संग्रौलाले केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेर जितिन् । त्यस समय दुबै जना पूर्व सभापति शेरबहादुर देउवा समूहमा थिए । संग्रौला गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनको पक्षमा लागिन् । सर्वसम्मत् नेतृत्व चयन गरी संग्रौला महिला क्लष्टरमा सहमहामन्त्री बनिन् ।

अर्कोतर्फ, १५ औं महाधिवेशनको निकटमा पूर्व सहमहामन्त्री डिना संस्थापनमा प्रवेश गरिन् । १४ औं महाधिवेशनमा एउटै समूहमा रहेका महिला नेतृहरु यसपटक महामन्त्री पदमा प्रतिस्पर्धा गर्दैछन् ।

संग्रौला र डिनासँगै प्रतिस्पर्धामा उत्रने अर्को महिला नेता रिता खनाल छन् । पूर्व सभापति देउवाको कार्यकालमा कांग्रेसको राजनीति छोडेकी खनाल विशेष महाधिवशेनसँगै कांग्रेसमा प्रवेश गरेकी थिइन् । उनी मकवानपुरकी हुन् ।

महिलातर्फ महामन्त्रीमा प्रतिस्पर्धी डिना गत महाधिवेशनमा मकवानपुर–१ बाट उम्मेदवार बनेकी थिइन् । महामन्त्रीको अर्को उम्मेदवार संग्रौला मोरङ–६ निवासी हुन् ।

संशोधित विधानबाट १५ जना सहमहामन्त्री हुने व्यवस्था छ । खुला २, आदिवासी जनजाति, दलित, मधेसी, खस आर्य, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यक÷ अपांगता क्लष्टरबाट १/१ हुने गरी ११ जना निर्वाचित हुनेछन् । ४ जना सभापतिले मनोनीत गर्ने व्यवस्था छ ।

सहमहामन्त्रीमा महिलातर्फ एक पदका लागि प्रतिमा गौतमको उम्मेदवारी परेको छ । पूर्व सांसद गौतम विशेष महाधिवेशनबाट समिति सदस्य हुन् । उनी विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा प्रवेश गरेकी हुन् ।

सहमहामन्त्रीमा खुलातर्फ रामहरि खतिवडा, देवेन्द्रराज कंडेल, डिल्लिराम सुवेदी र रमेश धमलाले उम्मेदवारी दिएका छन् । खतिवडा राज्य व्यवस्था समितिका पूर्व सभापति हुन् ।

१४ औं महाधिवेशनमा उनी खुलाबाट केन्द्रीय सदस्यमा चयन भएका थिए । पूर्व संस्थापनमा रहेका देवेन्द्रराज कँडेल पछिल्लो समय संस्थापनतर्फ ढल्किएका थिए ।

गण्डकी प्रदेश सांसद सुवेदीले खुलातर्फबाट सहमहामन्त्रीको उम्मेदवार बने । विद्यार्थी संगठनको राजनीतिबाट पार्टी राजनीतिमा आएका उनी विशेष महाधिवेशन पक्षधर हुन् । विशेष महाधिवशेनबाट केन्द्रीय सदस्य बनेका रमेश धमला खुला महामन्त्री पदको उम्मेदवार बनेका छन् । उनी धादिङका पूर्व सभापति हुन् ।

पिछडिएको क्षेत्रबाट एक जना सहमहामन्त्रीका लागि जीवनबहादुर शाही, मीन भाम र कर्णबहादुर बुढाको उम्मेदवारी परेको छ । शाही १४ औं महाधिवेशनमा यही क्लष्टरमा पराजित भएका थिए ।

शाहीको प्रतिस्पर्धीमा फिल्म निर्देशक मीन भाम बनेका छन् । भाम चलचित्रकर्मी हुन् । उपसभापति शर्माको नेतृत्वमा रहेको नीति प्रतिष्ठानको सदस्यको भूमिका भाम थिए । बुढा विशेष महाधिवेशनबाट पिछडिएको क्षेत्रबाट सहमहामन्त्री बनेका थिए ।

खस आर्यबाट सहमहामन्त्रीको एक पदमा केन्द्रीय सदस्यद्धय अजयबाबु शिवाकोटी र दिनेश कोइराला, नेविसंघका पूर्व महामन्त्री मनोजमणि आचार्य, नुवाकोटका पूर्व जगदिश्वरनरसिंह केसी र शंकरदेव क्याम्पसमा पूर्व स्ववियू सभापति शुभराम बस्नेतको उम्मेदवारी पर्‍यो ।

सहमहामन्त्री पदका लागि आदिवासी जनजातिर्फ बहादुरसिंह लामा र तारामान गुरुङको उम्मेदवारी परेको छ । लामा विशेष महाधिवशेनबाट यही क्लष्टरमा सहमहामन्त्री बनेका थिए । विशेष महाधिवेशनबाट आएको नेतृत्वले गुरुङलाई अनुशासन समितिको प्रमुख बनाएको थियो । उनले केही दिन अघि उक्त पदबाट राजीनामा दिएका थिए ।

थारुबाट सहमहामन्त्रीमा तेजुलाल चौधरी र योगेन्द्र चौधरी प्रतिस्पर्धी छन् । तेजुलाल पूर्व सांसद हुन् भने योगेन्द्र विशेष महाधिवेशनबाट थारु क्लष्टरको सहमहामन्त्री बनेका थिए । अल्पसंख्यक क्लष्टरबाट आङगेलु शेर्पाको उम्मेदवारी परेको छ । मुस्लिमबाट सहमहामन्त्रीमा अब्दुल सत्तार र अतहर कमाल मुसलमानको उम्मेदवारी परेको छ ।

मधेसी समुदायबाट सहमहामन्त्रीका लागि एक पदका लागि अभिषेक प्रताप शाह र रामपल्टन साहको उम्मेदवारी परेको छ । दलित क्लष्टरमा प्रकाश स्नेही रसाइली, लक्ष्मी परियार, मानबहादुर नेपाली र नरेन्द्र पासवानले सहमहामन्त्री पदमा उम्मेदवारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

लिङदेनको दावी - सबै दल असफल, अब राप्रपाले मात्र निकास दिन सक्छ

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले देशलाई राप्रपाले मात्रै निकास दिने दावी गरेका छन्।  नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो दाबी ...

कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा गगन थापाको जोड

पोखरा : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका नेता तथा कार्यकर्तालाई पुनः पार्टीमा फर्काउनुपर्ने बताएका छन्। पूर्वसहायकमन्त्री प्रकाशबहादुर गुरुङको १३औँ पुण्यतिथिमा नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिकाले आज यहाँ आयोजना गरेको ...

एमालेले आगामी मंसिर पहिलो हप्ता काठमाडौँमा राष्ट्रिय भेला गर्ने

काठमाडौँ : नेकपा एमालेले आगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने भएको छ।  भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष, उपाध्यक्ष र जनप्रतिनिधिसहित संघ प्रदेश र पालिकाका जनप्रतिनिधि उपस्थित ...

शक्तिशाली गगन, गुटविहीन कांग्रेस

काठमाडौं । कांग्रेस सभापति गगन थापाले जारी १५ औं महाधिवेशनको बन्दसत्र समापन गर्दै पार्टीभित्र अब कुनै पनि गुटबन्दी नरहेको घोषणा गरेका छन् । आफ्नो राजनीतिक प्रतिवेदन अनुमोदनको अनुमति लिन र ...

कांग्रेस महाधिवेशनमा ५० भन्दा बढीले लिए उम्मेदवारी फिर्ता

काठमाडौँ : नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारीसहित र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका करिब ५० जनाले उम्मेदवारी फिर्ता लिएका छन्। महाधिवेशन प्रचारप्रसार समितिले बुधवार साँझ महाधिवेशनस्थल खुलामञ्चमा पत्रकार सम्मेलन गर्दै यस्तो ...

कांग्रेस महाधिवेशन : कुन पदको उम्मेदवारका लागि के चाहिन्छ योग्यता ?

काठमाडौं । कांग्रेसको जारी १५ औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति निर्वाचनका लागि सोमबारदेखि निर्वाचन कार्यक्रम सुरू भएको छ । केन्द्रीय निर्वाचन समितिले मतदाता नामावली प्रकाशन, नामावली उपर दावी–विरोध, दावी–विरोध उपर जाँचबुझ ...

पत्रपत्रिका

सबै