कतारमाथि बमबारी गरेको इजरायली प्रधानमन्त्री नेतान्याहूको स्वीकारोक्ति

कतारमाथि बमबारी गरेको इजरायली प्रधानमन्त्री नेतान्याहूको स्वीकारोक्ति

काठमाडौंः इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा युद्धका क्रममा कतारमाथि आक्रमण तथा बमबारी गरेको सार्वजनिक रूपमा स्वीकार गरेका छन्। उनले कतारलाई ‘शत्रुतापूर्ण’ देशको संज्ञा दिएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको इजरायली सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा नेतान्याहूले कतारले इजरायलको नीतिको दिशा निर्धारण गर्न नसक्ने बताए।

‘मैले कतारमाथि आक्रमण गरेँ, युद्धका क्रममा उनीहरूमाथि बमबारी पनि गरेँ र उनीहरूले ममाथि पनि प्रहार गरे,’ नेतान्याहुले अन्तर्वार्तामा भनेका छन्।

यो अभिव्यक्ति सन् २०२५ सेप्टेम्बर ९ मा दोहामा इजरायलले गरेको हवाई आक्रमणको पहिलो वार्षिकीको पूर्वसन्ध्यामा आएको हो। अमेरिकाको मध्यस्थतामा अघि बढिरहेको गाजा युद्धविराम प्रस्तावबारे छलफल गर्न दोहामा भेला भएका हमासका पाँच प्रतिनिधि र एक कतारी सुरक्षा अधिकारी उक्त आक्रमणमा मारिएका थिए।

इजरायलभित्रै कतारमार्फत गाजामा पठाइएको आर्थिक सहायतालाई हमासले अक्टोबर ७ को आक्रमणको तयारीमा प्रयोग गरेको आरोप लाग्दै आएको छ। तर, नेतान्याहूले उक्त आरोप अस्वीकार गर्दै कतारबाट गाजामा पठाइएको रकम मानवीय सहायता र प्रशासनिक कार्यका लागि मात्र प्रयोग भएको दाबी दोहो¥याएका छन्।

सन् २०१२ देखि अमेरिकी आग्रहमा हमासको राजनीतिक कार्यालयलाई स्थान दिँदै आएको कतारले सन् २०२५ को दोहा आक्रमणलाई ‘अन्तर्राष्ट्रिय कानुन र सार्वभौमसत्ताको घोर उल्लंघन’ भन्दै कडा निन्दा गरेको थियो। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि उक्त आक्रमणको भत्र्सना गरेका थिए।

सन् २०२५ सेप्टेम्बरको अन्त्यमा ह्वाइट हाउसमा आयोजित बैठकका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेतान्याहूले कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीलाई फोन गरेका थिए। उनीहरूले कतारी सार्वभौमसत्ताको उल्लंघन भएको तथा कतारी सुरक्षाकर्मीको मृत्यु भएकोप्रति औपचारिक दुःख व्यक्त गर्दै भविष्यमा त्यस्ता आक्रमण नदोहो¥याउने प्रतिबद्धता जनाएको बताइएको छ।

प्रतिकृया दिनुहोस्

राष्ट्रपति ट्रम्पले घोषणा गरे गाईको मासु आयातमा भन्सार छुट

संयुक्त राज्य अमेरिकाले आगामी ९० दिनसम्म तीन लाख टनसम्म ‘ग्राउन्ड बीफ’ (गाईको पेलिएको मासु) लाई भन्साररहित अवस्थामा आयात गर्न अनुमति दिने भएको छ।  राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव नजिकिँदै गर्दा अमेरिकी उपभोक्ताका ...

‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘पूर्ण रूपमा पराजित’ गर्ने दाबी गर्दै ‘स्ट्रेट अफ होर्मुज’लाई चाँडै अमेरिकी भ–ूभागको हिस्सा घोषणा गर्ने बताएका छन्। ट्रम्पले मध्यपूर्वमा युद्ध सुरु भएयता तेहरानले प्रभावकारी ...

हर्मुज अवरुद्ध र हाम्रै पूर्ण नियन्त्रणमा छ, ट्रम्पले झुट बोले : इरान

इरानले हर्मुजको जलघाँटीमा अमेरिकाको ‘पूर्ण नियन्त्रण’ कायम रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी अस्वीकार गर्दै रणनीतिक जलमार्ग अझै अवरुद्ध रहेको र तेहरानले राखेका सर्त पूरा नभएसम्म पूर्ण रूपमा नखोलिने जनाएको ...

तेहरान संवादको पक्षमा छ तर आत्मसमर्पण गर्ने छैन : राष्ट्रपति पेजेस्कियान

इरानका राष्ट्रपति मसूद पेजेस्कियानले आफ्ना अधिकारहरूको रक्षाका लागि संवादलाई प्राथमिकता दिने देशको प्रतिबद्धता दोहोर्‍याएका छन्। तर संवाद गर्न तयार हुनु भनेको आत्मसमर्पणका लागि तयार हुनु भन्ने नसोच्न पनि उनले चेतावनी ...

प्रशान्त किशोरको जित : दिल्लीमा जेनजी आन्दोलन, बिहारमा परिणाम

काठमाडौं । बिहारको बाँकीपुर सिटमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर (पीके) ले शानदार जित हासिल गरेका छन्। चुनावी रणनीतिकारबाट राजनीतिज्ञ बनेका प्रशान्त किशोरले आफ्नो पहिलो चुनावी परीक्षामै ठूलो सफलता हात पारेका छन्। ...

स्पेनको सेउटामा छिरे ४० हजार आप्रवासी, ८४ हजार जनसंख्याको शहर दबाबमा

बार्सिलोना । स्पेनको उत्तर अफ्रिकी स्वायत्त शहर सेउटामा जारी आप्रवासी संकटले नयाँ मोड लिएको छ । स्पेनी दैनिक एल पाइसले सुरक्षा निकायको प्रारम्भिक अनुमान उद्धृत गर्दै पछिल्ला केही दिनमा ४० ...

पत्रपत्रिका

सबै