‘आणविक खतरा बढ्यो, विश्वव्यापी मुद्दामा बहुपक्षीय दृष्टिकोण जरुरी’

काठमाडौं । शनिबार नयाँ दिल्लीमा ब्रिक्स देशहरूको शिखर सम्मेलन सुरु भएको छ । भव्य समारोहका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित भारत मण्डपमा ब्रिक्स शिखर सम्मेलनको उद्घाटन गरेका छन् ।

सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत उच्चस्तरीय नेताहरूको सहभागिता छ ।ब्रिक्समा ब्राजिल, चीन, इजिप्ट, इथियोपिया, भारत, इन्डोनेसिया, इरान, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका र संयुक्त अरब इमिरेट्स (यूएई) गरी ११ देश सदस्य छन् ।

ब्रिक्सले आफूलाई विश्व तथा क्षेत्रीय महत्वका समसामयिक विषय र विश्वव्यापी राजनीतिक तथा आर्थिक शासनका मुद्दामा परामर्श र सहकार्यका लागि उपयोगी मञ्चका रूपमा प्रस्तुत गर्दै आएको छ ।

नयाँदिल्ली घोषणापत्रमा के छ ?

ब्रिक्स शिखर सम्मेलनको संयुक्त घोषणापत्रमा समूहका सदस्य राष्ट्रहरूले अन्तर्राष्ट्रिय विवादलाई संवाद, परामर्श र कूटनीतिमार्फत समाधान गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् । घोषणापत्रमा विश्वका प्रमुख मुद्दामा सदस्य राष्ट्रहरूका फरक–फरक धारणा र अवस्थालाई ध्यानमा राख्दै बहुपक्षीय दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिइएको छ । नयाँ दिल्ली घोषणापत्रमा आणविक खतरा र द्वन्द्वको बढ्दो जोखिमप्रति चिन्ता व्यक्त गर्दै अन्तर्राष्ट्रिय विवादको शान्तिपूर्ण समाधानप्रति प्रतिबद्धता पुन: व्यक्त गरिएको छ ।

घोषणापत्रका मुख्य बुँदा

एकपक्षीय कदमको विरोध : ब्रिक्सले अन्तर्राष्ट्रिय कानुनविपरीत हुने एकपक्षीय दबाबमूलक विकल्पको विरोध गरेको छ । समूहले कार्बन सीमा समायोजन संयन्त्रलगायत एकपक्षीय, दण्डात्मक, विभेदकारी तथा संरक्षणवादी उपाय अन्तर्राष्ट्रिय कानुनअनुकूल नभएको जनाएको छ ।

यस्ता कदमले विशेषगरी विकासशील देशहरूले जलवायु परिवर्तनका प्रतिकूल प्रभाव सामना गर्न, अनुकूलन क्षमता र उत्थानशीलता बढाउन गरिरहेका प्रयासलाई कमजोर पार्ने ब्रिक्सको भनाइ छ ।

सीमापार भुक्तानी: ब्रिक्स देशहरूबीच सीमापार भुक्तानीलाई सहज बनाउन व्यावहारिक समाधान खोज्ने छलफललाई निरन्तरता दिन समूहले आग्रह गरेको छ । ब्रिक्स पेमेन्ट टास्क फोर्स(बीपीटीएफ)ले प्रभावकारी सीमापार भुक्तानी प्रणालीका लागि गरिरहेको अध्ययन र कामलाई घोषणापत्रमा स्वागत गरिएको छ ।

सदस्य राष्ट्रहरूले ब्रिक्सका स्थानीय मुद्रामा व्यापारिक कारोबार र लगानी बढाउने सम्भावनाबारे छलफल भइरहेको बताएका छन् । राष्ट्रिय प्राथमिकतालाई सम्मान गर्दै सबै देशका लागि एउटै समाधान उपयुक्त नहुने पनि घोषणापत्रमा उल्लेख छ ।

सीमापार भुक्तानी प्रणालीलाई छिटो, कम लागतको, सहज पहुँचयोग्य, प्रभावकारी, पारदर्शी र सुरक्षित बनाउन बीपीटीएफलाई छलफल अघि बढाउन आग्रह गरिएको छ ।

आणविक जोखिम: ब्रिक्स नेताहरूले बढ्दो आणविक खतरा र द्वन्द्वको जोखिमप्रति चिन्ता व्यक्त गरेका छन् । विश्वव्यापी स्थायित्व, अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाका लागि निशस्त्रीकरण, हतियार नियन्त्रण र आणविक अप्रसारको प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ ।

आणविक हतियारमुक्त क्षेत्रहरूले आणविक अप्रसार व्यवस्थालाई बलियो बनाउन महत्वपूर्ण योगदान गर्ने भन्दै ब्रिक्सले विद्यमान सबै आणविक हतियारमुक्त क्षेत्रप्रति आफ्नो समर्थन र सम्मान दोहोर्‍याएको छ ।

बहुपक्षीय दृष्टिकोण: महत्वपूर्ण विश्वव्यापी मुद्दामा विभिन्न राष्ट्रका राष्ट्रिय दृष्टिकोण र अवस्थाको सम्मान गर्दै बहुपक्षीय दृष्टिकोण अपनाउन ब्रिक्सले जोड दिएको छ ।

द्वन्द्वभन्दा कूटनीति : अन्तर्राष्ट्रिय विवादलाई संवाद, परामर्श र कूटनीतिमार्फत शान्तिपूर्ण ढंगले समाधान गर्ने प्रतिबद्धता घोषणापत्रमा पुन: दोहोर्‍याइएको छ ।

आतंकवादी गतिविधिको निन्दा: ब्रिक्सले कुनै पनि उद्देश्य, स्थान वा व्यक्ति/समूहबाट गरिने आतंकवादी गतिविधिको कडा निन्दा गरेको छ । घोषणापत्रमा २२ अप्रिल २०२५ मा जम्मु–कश्मीरमा भएको आतंकवादी आक्रमणमा २६ जनाको मृत्यु र धेरै जना घाइते भएको घटनाको कडा शब्दमा निन्दा गरिएको छ ।

आतंकवादका सबै स्वरूप र अभिव्यक्तिविरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गर्दै सीमापार आतंकवादी आवागमन, आतंकवादको वित्तीय सहयोग तथा आतंकवादीलाई सुरक्षित आश्रय दिने कार्य रोक्नुपर्नेमा जोड दिइएको छ ।

आतंकवादलाई कुनै धर्म, राष्ट्रियता, सभ्यता वा जातीय समूहसँग जोड्न नहुने र आतंकवादी गतिविधिमा संलग्न तथा तिनलाई सहयोग गर्ने सबैलाई सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनअनुसार जवाफदेही बनाएर न्यायको कठघरामा ल्याउनुपर्ने ब्रिक्सको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

कतारमाथि बमबारी गरेको इजरायली प्रधानमन्त्री नेतान्याहूको स्वीकारोक्ति

काठमाडौंः इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा युद्धका क्रममा कतारमाथि आक्रमण तथा बमबारी गरेको सार्वजनिक रूपमा स्वीकार गरेका छन्। उनले कतारलाई ‘शत्रुतापूर्ण’ देशको संज्ञा दिएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको इजरायली सञ्चारमाध्यमसँगको ...

राष्ट्रपति ट्रम्पले घोषणा गरे गाईको मासु आयातमा भन्सार छुट

संयुक्त राज्य अमेरिकाले आगामी ९० दिनसम्म तीन लाख टनसम्म ‘ग्राउन्ड बीफ’ (गाईको पेलिएको मासु) लाई भन्साररहित अवस्थामा आयात गर्न अनुमति दिने भएको छ।  राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव नजिकिँदै गर्दा अमेरिकी उपभोक्ताका ...

‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘पूर्ण रूपमा पराजित’ गर्ने दाबी गर्दै ‘स्ट्रेट अफ होर्मुज’लाई चाँडै अमेरिकी भ–ूभागको हिस्सा घोषणा गर्ने बताएका छन्। ट्रम्पले मध्यपूर्वमा युद्ध सुरु भएयता तेहरानले प्रभावकारी ...

हर्मुज अवरुद्ध र हाम्रै पूर्ण नियन्त्रणमा छ, ट्रम्पले झुट बोले : इरान

इरानले हर्मुजको जलघाँटीमा अमेरिकाको ‘पूर्ण नियन्त्रण’ कायम रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी अस्वीकार गर्दै रणनीतिक जलमार्ग अझै अवरुद्ध रहेको र तेहरानले राखेका सर्त पूरा नभएसम्म पूर्ण रूपमा नखोलिने जनाएको ...

तेहरान संवादको पक्षमा छ तर आत्मसमर्पण गर्ने छैन : राष्ट्रपति पेजेस्कियान

इरानका राष्ट्रपति मसूद पेजेस्कियानले आफ्ना अधिकारहरूको रक्षाका लागि संवादलाई प्राथमिकता दिने देशको प्रतिबद्धता दोहोर्‍याएका छन्। तर संवाद गर्न तयार हुनु भनेको आत्मसमर्पणका लागि तयार हुनु भन्ने नसोच्न पनि उनले चेतावनी ...

प्रशान्त किशोरको जित : दिल्लीमा जेनजी आन्दोलन, बिहारमा परिणाम

काठमाडौं । बिहारको बाँकीपुर सिटमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर (पीके) ले शानदार जित हासिल गरेका छन्। चुनावी रणनीतिकारबाट राजनीतिज्ञ बनेका प्रशान्त किशोरले आफ्नो पहिलो चुनावी परीक्षामै ठूलो सफलता हात पारेका छन्। ...

पत्रपत्रिका

सबै