‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘पूर्ण रूपमा पराजित’ गर्ने दाबी गर्दै ‘स्ट्रेट अफ होर्मुज’लाई चाँडै अमेरिकी भ–ूभागको हिस्सा घोषणा गर्ने बताएका छन्। ट्रम्पले मध्यपूर्वमा युद्ध सुरु भएयता तेहरानले प्रभावकारी रूपमा बन्द गरेको महत्वपूर्ण ऊर्जा ढुवानी मार्गमाथि अमेरिकाको नियन्त्रण रहेको दाबी गर्दै आएका छन् ।

इरानले भने ट्रम्पको दाबी अस्वीकार गर्दै आएको छ। न्युयोर्क राज्यको एक प्रहरी एकेडेमीमा आयोजित राजनीतिक सभामा ट्रम्पले मुस्कुराउँदै भने, “इरानलाई पूर्ण रूपमा पराजित गरिसकेपछि म चाँडै नै ‘स्ट्रेट अफ होर्मुज’ संयुक्त राज्य अमेरिकाको भू–भाग घोषणा गर्नेछु। यो सत्य हो। वाल स्ट्रिट जर्नलका अनुसार, ह्वाइट हाउसका एक अधिकारीले पछि ट्रम्पले उक्त टिप्पणी ठट्टाका रूपमा गरेको स्पष्ट पारेका छन्।  इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले शनिबार सामाजिक सञ्जाल ‘एक्स’ मा ट्रम्पको भनाइको जवाफ दिँदै  ‘स्ट्रेट अफ हर्मुजइरानी थियो, इरानी हो र इरानी नै रहनेछ।’ उनले स्ट्रेट अफ होर्मुज इरानको निर्णयअनुसार मात्र बन्द वा खुल्ने दाबी पनि गरे।     ट्रम्पले इजरायलसँग मिलेर फेब्रुअरी २८ मा इरानविरुद्ध सैन्य कारबाही सुरु गरेका थिए। त्यसको जवाफमा तेहरानले ‘स्ट्रेट अफ होर्मुज’को अधिकांश क्षेत्रमा व्यावहारिक नियन्त्रण कायम गरेको दाबी गरिएको छ।

विश्वको महत्वपूर्ण ऊर्जा ढुवानी मार्गमध्ये एक ‘स्ट्रेट अफ होर्मुज’ लाई लिएर अमेरिका र इरानबीच तनाव कायम छ। इरानले अधिकांश नागरिक जहाजको आवागमनमा रोक लगाएको छ भने अमेरिकी नौ सेनाले इरानमाथि दबाब बढाउन जलमार्गमा नाकाबन्दी गरेको छ।समर्थक र प्रहरीको भीडलाई सम्बोधन गर्दै ट्रम्पले भने, “हामीले नाकाबन्दी गरेका छौँ। हाम्रो इच्छाबिना कुनै पनि जहाज त्यहाँबाट जान सक्दैनन्।”

प्रतिकृया दिनुहोस्

कतारमाथि बमबारी गरेको इजरायली प्रधानमन्त्री नेतान्याहूको स्वीकारोक्ति

काठमाडौंः इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा युद्धका क्रममा कतारमाथि आक्रमण तथा बमबारी गरेको सार्वजनिक रूपमा स्वीकार गरेका छन्। उनले कतारलाई ‘शत्रुतापूर्ण’ देशको संज्ञा दिएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको इजरायली सञ्चारमाध्यमसँगको ...

राष्ट्रपति ट्रम्पले घोषणा गरे गाईको मासु आयातमा भन्सार छुट

संयुक्त राज्य अमेरिकाले आगामी ९० दिनसम्म तीन लाख टनसम्म ‘ग्राउन्ड बीफ’ (गाईको पेलिएको मासु) लाई भन्साररहित अवस्थामा आयात गर्न अनुमति दिने भएको छ।  राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव नजिकिँदै गर्दा अमेरिकी उपभोक्ताका ...

हर्मुज अवरुद्ध र हाम्रै पूर्ण नियन्त्रणमा छ, ट्रम्पले झुट बोले : इरान

इरानले हर्मुजको जलघाँटीमा अमेरिकाको ‘पूर्ण नियन्त्रण’ कायम रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी अस्वीकार गर्दै रणनीतिक जलमार्ग अझै अवरुद्ध रहेको र तेहरानले राखेका सर्त पूरा नभएसम्म पूर्ण रूपमा नखोलिने जनाएको ...

तेहरान संवादको पक्षमा छ तर आत्मसमर्पण गर्ने छैन : राष्ट्रपति पेजेस्कियान

इरानका राष्ट्रपति मसूद पेजेस्कियानले आफ्ना अधिकारहरूको रक्षाका लागि संवादलाई प्राथमिकता दिने देशको प्रतिबद्धता दोहोर्‍याएका छन्। तर संवाद गर्न तयार हुनु भनेको आत्मसमर्पणका लागि तयार हुनु भन्ने नसोच्न पनि उनले चेतावनी ...

प्रशान्त किशोरको जित : दिल्लीमा जेनजी आन्दोलन, बिहारमा परिणाम

काठमाडौं । बिहारको बाँकीपुर सिटमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर (पीके) ले शानदार जित हासिल गरेका छन्। चुनावी रणनीतिकारबाट राजनीतिज्ञ बनेका प्रशान्त किशोरले आफ्नो पहिलो चुनावी परीक्षामै ठूलो सफलता हात पारेका छन्। ...

स्पेनको सेउटामा छिरे ४० हजार आप्रवासी, ८४ हजार जनसंख्याको शहर दबाबमा

बार्सिलोना । स्पेनको उत्तर अफ्रिकी स्वायत्त शहर सेउटामा जारी आप्रवासी संकटले नयाँ मोड लिएको छ । स्पेनी दैनिक एल पाइसले सुरक्षा निकायको प्रारम्भिक अनुमान उद्धृत गर्दै पछिल्ला केही दिनमा ४० ...

पत्रपत्रिका

सबै