स्पेनको सेउटामा छिरे ४० हजार आप्रवासी, ८४ हजार जनसंख्याको शहर दबाबमा

बार्सिलोना । स्पेनको उत्तर अफ्रिकी स्वायत्त शहर सेउटामा जारी आप्रवासी संकटले नयाँ मोड लिएको छ । स्पेनी दैनिक एल पाइसले सुरक्षा निकायको प्रारम्भिक अनुमान उद्धृत गर्दै पछिल्ला केही दिनमा ४० हजारभन्दा बढी आप्रवासी अनियमित रूपमा सेउटा प्रवेश गरेको जनाएको छ । केही सुरक्षा स्रोतले यो संख्या ५० हजार नजिक पुग्न सक्ने आकलनसमेत गरेका छन् । स्पेनको गृह मन्त्रालयले भने अहिलेसम्म आधिकारिक संख्या सार्वजनिक गरेको छैन ।

यदि यो प्रारम्भिक अनुमान पुष्टि भयो भने, करिब ८४ हजार जनसंख्या रहेको सेउटामा केही दिनमै झन्डै आधा जनसंख्याबराबर नयाँ मानिस थपिएको हुनेछ । यही कारण सन् २०२१ को चर्चित सीमा संकटपछि फेरि एकपटक सेउटा युरोपको ध्यानको केन्द्र बनेको छ।

स्पेनी दैनिक ला भान्गार्डियाले शुक्रबार बिहानको सेउटालाई  ‘एउटै शहरभित्र धेरै शहर’ जस्तो देखिएको चित्रण गरेको छ । एउटा भाग संगीत महोत्सव सकिएपछिको मैदानजस्तो, जहाँ पार्क र समुद्री किनारमा सयौं युवा घाँस र बालुवामै सुतेका छन् । अर्को भाग घेराबन्दीमा परेको शहरजस्तो, जहाँ सडकभर सेना र सुरक्षाकर्मीको गस्ती छ। अनि अर्को भाग सार्वजनिक बिदाजस्तो, जहाँ अनिश्चितताका कारण धेरै पसल र व्यवसाय बन्द छन्।

पहिलो रात : सडक नै आश्रय बन्यो

सेउटाको अस्थायी आप्रवासी केन्द्रले आफ्नो क्षमता धेरैअघि नै पार गरिसकेको छ । करिब पाँच सय जनाको क्षमता रहेको केन्द्र बाहिर सयौं युवाले रातभर पालो पर्खेर बिताएको ला भान्गार्डियाले उल्लेख गरेको छ।

आश्रय नपाएकाहरू पार्क, समुद्री किनार र सार्वजनिक स्थानमै सुते । कतिपय बिहान उठेर खाजा किन्न सिक्का जम्मा गरिरहेका थिए । कोही बन्दरगाहतर्फ हिँडिरहेका थिए-स्पेनी मुख्यभूमितर्फ जाने फेरी चढ्न पाइन्छ कि भन्ने आशामा । अरू केही मोबाइल पसलमा सिम कार्ड किन्न लाइनमा थिए, ताकि आफ्नो परिवारलाई आफू जीवित रहेको खबर दिन सकुन् ।

तर केहीका लागि पहिलो दिनको उत्साह दोस्रो दिनको अनिश्चिततामा बदलिन थालेको छ । थकान र अन्योलका कारण कतिपयले फेरि मोरक्को फर्किने सम्भावनाबारे पनि सोच्न थालेका छन्।

ला भान्गार्डियाका अनुसार सेउटामा पुगेकामध्ये ठूलो संख्या १८ वर्षभन्दा कम उमेरका किशोर-किशोरीहरूको छ। धेरैजसो समुद्रमा पसेकै पौडी खेल्ने लुगामा छन् । कतिपय नाङ्गो खुट्टा हिँडिरहेका छन् भने मोबाइल फोन प्लास्टिकको झोलामा राखेर सुरक्षित गरेका छन् ।

उनीहरू स्पेनी भाषा बोल्न सक्दैनन् । तर एउटै कुरा दोहोर्‍याइरहेका छन्-उनीहरू मोरक्को फर्किन चाहँदैनन् । स्पेनमा अवसर पाइन्छ भन्ने विश्वासले उनीहरू सीमा पार गरेर आएका हुन् । यही कारण अहिले स्पेनी सरकारका लागि सबैभन्दा जटिल प्रश्न नाबालिगहरूको व्यवस्थापन बनेको छ । सन् २०२१ को संकटपछि नाबालिगलाई सामूहिक रूपमा फिर्ता पठाउन नहुने कानुनी अभ्यास स्थापित भइसकेकाले प्रत्येकको अवस्था छुट्टाछुट्टै मूल्यांकन गर्नुपर्ने हुन्छ ।

१९ जनाको मृत्यु, खोजी अझै जारी

यसबीच एल पाइसका अनुसार मोरक्कोबाट पौडी खेलेर सेउटा पुग्ने प्रयासमा कम्तीमा १९ जनाको मृत्यु भएको पुष्टि भएको छ । प्रहरी स्रोतलाई उद्धृत गर्दै प्रकाशित समाचारमा उद्धार टोलीको खोजी जारी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने सम्भावना औंल्याइएको छ।

समुद्र पार गरेर बाँचेकाहरूको यात्रा पनि सजिलो छैन । उनीहरूलाई अस्थायी आश्रय, स्वास्थ्य परीक्षण, खाना, पानी र कानुनी प्रक्रियाको व्यवस्थापन गर्नु अहिले स्पेनी प्रशासनको मुख्य चुनौती बनेको छ । बढ्दो संकटबीच प्रधानमन्त्री पेद्रो सान्चेज शुक्रबार सेउटा पुगेका छन् । केन्द्र सरकारले गार्डिया सिभिल, राष्ट्रिय प्रहरी, सेना, रेड क्रस र अन्य आपत्कालीन निकाय परिचालन गरी स्थानीय प्रशासनलाई सहयोग गरिरहेको छ।

सन् २०२१ को संकटमा करिब १० हजार मानिसले सीमा पार गरेका थिए । अहिले प्रारम्भिक अनुमान नै त्यसको चार गुणाभन्दा बढी छ । त्यसैले अहिले युरोपभर उठिरहेको प्रश्न केवल ‘कति जना आए ?’ भन्ने होइन । प्रश्न यो पनि हो- एउटा ८४ हजार जनसंख्या भएको शहरले ४० हजारभन्दा बढी आप्रवासी अनियमित रूपमा थपिए पछि त्यसको कसरी व्यवस्थापन गर्छ ?

सेउटाको सडकमा बितेको यो रात त्यसै प्रश्नको जीवित तस्वीर बनेको छ । संख्या अन्ततः परिवर्तन हुन सक्छ, तर शुक्रबार बिहानको सेउटाले युरोपको सीमा व्यवस्थापन र मानवीय उत्तरदायित्वबारे नयाँ बहस सुरु गरिसकेको छ।

प्रतिकृया दिनुहोस्

‘आणविक खतरा बढ्यो, विश्वव्यापी मुद्दामा बहुपक्षीय दृष्टिकोण जरुरी’

काठमाडौं । शनिबार नयाँ दिल्लीमा ब्रिक्स देशहरूको शिखर सम्मेलन सुरु भएको छ । भव्य समारोहका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित भारत मण्डपमा ब्रिक्स शिखर सम्मेलनको उद्घाटन गरेका छन् । सम्मेलनमा ...

कतारमाथि बमबारी गरेको इजरायली प्रधानमन्त्री नेतान्याहूको स्वीकारोक्ति

काठमाडौंः इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा युद्धका क्रममा कतारमाथि आक्रमण तथा बमबारी गरेको सार्वजनिक रूपमा स्वीकार गरेका छन्। उनले कतारलाई ‘शत्रुतापूर्ण’ देशको संज्ञा दिएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको इजरायली सञ्चारमाध्यमसँगको ...

राष्ट्रपति ट्रम्पले घोषणा गरे गाईको मासु आयातमा भन्सार छुट

संयुक्त राज्य अमेरिकाले आगामी ९० दिनसम्म तीन लाख टनसम्म ‘ग्राउन्ड बीफ’ (गाईको पेलिएको मासु) लाई भन्साररहित अवस्थामा आयात गर्न अनुमति दिने भएको छ।  राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव नजिकिँदै गर्दा अमेरिकी उपभोक्ताका ...

‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘पूर्ण रूपमा पराजित’ गर्ने दाबी गर्दै ‘स्ट्रेट अफ होर्मुज’लाई चाँडै अमेरिकी भ–ूभागको हिस्सा घोषणा गर्ने बताएका छन्। ट्रम्पले मध्यपूर्वमा युद्ध सुरु भएयता तेहरानले प्रभावकारी ...

हर्मुज अवरुद्ध र हाम्रै पूर्ण नियन्त्रणमा छ, ट्रम्पले झुट बोले : इरान

इरानले हर्मुजको जलघाँटीमा अमेरिकाको ‘पूर्ण नियन्त्रण’ कायम रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी अस्वीकार गर्दै रणनीतिक जलमार्ग अझै अवरुद्ध रहेको र तेहरानले राखेका सर्त पूरा नभएसम्म पूर्ण रूपमा नखोलिने जनाएको ...

तेहरान संवादको पक्षमा छ तर आत्मसमर्पण गर्ने छैन : राष्ट्रपति पेजेस्कियान

इरानका राष्ट्रपति मसूद पेजेस्कियानले आफ्ना अधिकारहरूको रक्षाका लागि संवादलाई प्राथमिकता दिने देशको प्रतिबद्धता दोहोर्‍याएका छन्। तर संवाद गर्न तयार हुनु भनेको आत्मसमर्पणका लागि तयार हुनु भन्ने नसोच्न पनि उनले चेतावनी ...

पत्रपत्रिका

सबै