तेहरान संवादको पक्षमा छ तर आत्मसमर्पण गर्ने छैन : राष्ट्रपति पेजेस्कियान

इरानका राष्ट्रपति मसूद पेजेस्कियानले आफ्ना अधिकारहरूको रक्षाका लागि संवादलाई प्राथमिकता दिने देशको प्रतिबद्धता दोहोर्‍याएका छन्। तर संवाद गर्न तयार हुनु भनेको आत्मसमर्पणका लागि तयार हुनु भन्ने नसोच्न पनि उनले चेतावनी दिए।

पेजेस्कियानले आफ्नो कार्यालयको वेबसाइटमा प्रकाशित अन्तर्वार्तामा यी कुरा बताएका छन्। उनले संयुक्त राज्य अमेरिकासँग वार्तामा प्रवेश गर्ने र युद्ध समाप्त गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्ने इरानी सरकारको निर्णयको बचाउ पनि गरेका छन्।

पेजेस्कियानले भने, “जबसम्म संयुक्त राज्य अमेरिका समझदारी पत्रअन्तर्गत आफ्ना प्रतिबद्धताहरू पूरा गर्छ, इरान आफ्ना दायित्वहरूप्रति प्रतिबद्ध रहन्छ। जहाँ उनीहरूले आफ्नो प्रतिबद्धता पूरा गर्न असफल हुन्छन्, त्यहाँ हामीलाई अगाडि बढ्ने कुनै दायित्व रहनेछैन।”

यस हप्ताको सुरुमा पेजेस्कियानले पदबाट राजीनामा दिने अफवाहलाई अस्वीकार गर्दै भनेका छन्, “उहाँ ‘दृढतापूर्वक आफ्नो काम जारी राख्नुहुनेछ।”  यी टिप्पणीहरू समझदारी पत्रलाई लिएर इरानको नेतृत्वभित्र ‘विभाजन’ भएको अफवाहका बीच आएका थिए।

जुन महिनामा इरान र संयुक्त राज्य अमेरिकाले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए, जसअनुसार दुवै पक्षले अन्तिम सम्झौतामा पुग्न ६० दिनभित्र वार्ता गर्ने तालिका बनाएका थिए। तर दुवै पक्षबीच फेरि तनाव बढेपछि वार्ताको भविष्य अनिश्चित बनेको छ।

प्रतिकृया दिनुहोस्

कतारमाथि बमबारी गरेको इजरायली प्रधानमन्त्री नेतान्याहूको स्वीकारोक्ति

काठमाडौंः इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा युद्धका क्रममा कतारमाथि आक्रमण तथा बमबारी गरेको सार्वजनिक रूपमा स्वीकार गरेका छन्। उनले कतारलाई ‘शत्रुतापूर्ण’ देशको संज्ञा दिएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको इजरायली सञ्चारमाध्यमसँगको ...

राष्ट्रपति ट्रम्पले घोषणा गरे गाईको मासु आयातमा भन्सार छुट

संयुक्त राज्य अमेरिकाले आगामी ९० दिनसम्म तीन लाख टनसम्म ‘ग्राउन्ड बीफ’ (गाईको पेलिएको मासु) लाई भन्साररहित अवस्थामा आयात गर्न अनुमति दिने भएको छ।  राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव नजिकिँदै गर्दा अमेरिकी उपभोक्ताका ...

‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘पूर्ण रूपमा पराजित’ गर्ने दाबी गर्दै ‘स्ट्रेट अफ होर्मुज’लाई चाँडै अमेरिकी भ–ूभागको हिस्सा घोषणा गर्ने बताएका छन्। ट्रम्पले मध्यपूर्वमा युद्ध सुरु भएयता तेहरानले प्रभावकारी ...

हर्मुज अवरुद्ध र हाम्रै पूर्ण नियन्त्रणमा छ, ट्रम्पले झुट बोले : इरान

इरानले हर्मुजको जलघाँटीमा अमेरिकाको ‘पूर्ण नियन्त्रण’ कायम रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी अस्वीकार गर्दै रणनीतिक जलमार्ग अझै अवरुद्ध रहेको र तेहरानले राखेका सर्त पूरा नभएसम्म पूर्ण रूपमा नखोलिने जनाएको ...

प्रशान्त किशोरको जित : दिल्लीमा जेनजी आन्दोलन, बिहारमा परिणाम

काठमाडौं । बिहारको बाँकीपुर सिटमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर (पीके) ले शानदार जित हासिल गरेका छन्। चुनावी रणनीतिकारबाट राजनीतिज्ञ बनेका प्रशान्त किशोरले आफ्नो पहिलो चुनावी परीक्षामै ठूलो सफलता हात पारेका छन्। ...

स्पेनको सेउटामा छिरे ४० हजार आप्रवासी, ८४ हजार जनसंख्याको शहर दबाबमा

बार्सिलोना । स्पेनको उत्तर अफ्रिकी स्वायत्त शहर सेउटामा जारी आप्रवासी संकटले नयाँ मोड लिएको छ । स्पेनी दैनिक एल पाइसले सुरक्षा निकायको प्रारम्भिक अनुमान उद्धृत गर्दै पछिल्ला केही दिनमा ४० ...

पत्रपत्रिका

सबै