सर्वोच्च पुगेर आईजीपीले प्रधानन्यायाधीशसँग गरे पौने घण्टा छलफल

 काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले भेट गरेका छन् । महानिरीक्षक कार्की प्रधानन्यायाधीश शर्मासँग भेट्नका लागि मंगलबार दिउँसो सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्च स्रोतले दिएको जानकारी अनुसार, दिउँसो करिब ४ बजेतिर महानिरीक्षक कार्की सर्वोच्च अदालत पुगेका थिए । उनीहरूबीच प्रधानन्यायाधीश शर्माको कार्यकक्षमा करिब पौने घण्टा भेटवार्ता भएको स्रोतले बताएको छ । यद्यपि, उनीहरूबीचको कुराकानीको विषय भने खुलाइएको छैन ।

प्रहरीले यसअघि पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई ‘सुरक्षा थ्रेट’ रहेको भन्दै रातारात घरबाट प्रहरी चौकी पुर्‍याएको थियो । सरकारले पनि चोलेन्द्रमाथि थ्रेट बढेकाले रेस्क्यू गरेको बताएको छ । यद्यपि, जबरालाई आइतबार १० घण्टा नियन्त्रणमा राखिएको विषयमा सर्वोच्चको फलकोर्ट बैठकले समेत आपत्ति जनाएको थियो । फुलकोर्टले उक्त विज्ञप्ति जारी गरेपछि प्रहरीका आईजीपी कार्कीले प्रधानन्यायाधीश शर्मासँग भेट गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

सप्तकोशी डुङ्गा दुर्घटना छानबिन गर्न समिति गठन

विराटनगर । कोशी प्रदेश सरकारले सप्तकोशी नदीमा भएको यात्रुबाहक पानीबोट दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले छानबिनका लागि समिति गठन गरेको हो। कोशी सरकारका ...

पानीबोट दुर्घटना हुँदा ३ जनाको मृत्यु‚ ३ जना बेपत्ता

धरान : सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता रहेका छन्। आइतवार दिउँसो २:०० बजे भोजपुरको हतुवागढीबाट बराहक्षेत्र–चतरा, सुनसरीतर्फ जाँदै गरेको पानीबोट धनकुटाको साँगुरीगढी गाउँपालिका–१०, ...

प्रहरी कार्यालयमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रका १२ घण्टा

img

काठमाडौं । करिब १२ घण्टा लामो प्रहरी कार्यालयको बसाइपछि पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर ...

भोटेकोशी बाढीबाट मृत्यु हुने एक हजार २०४ जना पुगे

काठमाडौँ : भोटेकोशी बाढीबाट मृत्यु हुने एक हजार २०४ जना पुगेका छन्। विपद प्राधिकरणका अनुसार आज साँझ ६ बजेसम्ममा ४ हजार २१६ जना सम्पर्कविहिन रहेका छन्। अहिलेसम्म ११ हजार ९९३ जनाको उद्धार ...

रसुवा बाढी : भारतमा पनि शव भेटियो, मृत्यु हुने ९५१ जना पुगे

काठमाडौँ : रसुवामा आएको विनाशकारी बाढीका कारण सोमवार दिउँसो १७:०० बजे सम्म ९ सय ५१ जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा ३२ जना, नुवाकोटमा ९५ जना, धादिङमा ५६ जना, चितवनमा ...

भोटेकोशी बाढी : ७८८ जनाको शव भेटियो

काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म ७८८ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार सबैभन्दा बढी ...

पत्रपत्रिका

सबै