रसुवा बाढी : भारतमा पनि शव भेटियो, मृत्यु हुने ९५१ जना पुगे

काठमाडौँ : रसुवामा आएको विनाशकारी बाढीका कारण सोमवार दिउँसो १७:०० बजे सम्म ९ सय ५१ जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा ३२ जना, नुवाकोटमा ९५ जना, धादिङमा ५६ जना, चितवनमा २ सय ८२ जना, गोरखामा ६५ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय १६ जना, नवलपरासी पश्चिम १ सय ६३ जना र भारतमा ४ जना गरी ९ सय ५१ जनाको शव फेला परेको हो।
प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ।
..jpeg)