बेमौसमी वर्षाले धानमा ठूलो क्षति : चामल आयात अझै बढ्ने

काठमाडौँ : बेमौसमी वर्षाका कारण अन्नको भण्डार मधेससहित देशका अधिकांश क्षेत्रमा पाकेको धानबालीमा क्षति पुगेसँगै यसवर्ष चामलको आयात बढ्ने देखिएको छ। खेतबारीमा काट्न बाँकी रहेका धानका बोट वर्षासँगैको हावाहुरीले ढालेर सोत्तर बनाएको छ भने काटेर भित्र्याउन राखिएका धानका बाला र पराल दुवै डुबेका छन्।

पहेँलपुर भएर झुलेका र काटिएका धानमा पानीले क्षति पुर्‍याएपछि यस वर्षको उत्पादनमा कमी आउने आँकलन गरिएको छ। गतवर्ष धान राम्रो फल्दा पनि भारतलगायतका मुलुकबाट चामल किनेर खानुपर्ने बाध्यता थियो।  गतवर्ष वर्षे धान ५४ लाख ११ हजार ८३ टन र चैते धान ५ लाख ४४ हजार ३९३ टन गरी कुल ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको थियो। अघिल्लो वर्ष वर्षे धान ५२ लाख ३ हजार ४२६ र चैते धान ५ लाख २० हजार ८०८ टन फलेको थियो।

गतवर्ष धानको उत्पादकत्व हालसम्मकै उच्च विन्दु अर्थात् ४.१९ टन प्रतिहेक्टर पुग्दा पनि नेपालले चामलको आयात रोक्न सकेन।  यसपटक समयमा पानी नपरेर किसानले बेलैमा धान रोप्नसमेत पाएनन्। भदौको दोस्रो सातासम्म पनि धान खेतीयोग्य जमिनमध्ये ९४.९ प्रतिशत क्षेत्र (१३ लाख ६ हजार २९३ हेक्टर)मा मात्र रोपाइँ भएको थियो। 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागका वरिष्ठ कृषि अर्थविज्ञ तीलकराज चौलागाईंका अनुसार, रोपाइँ नै घटेकाले उत्पादनमा गिरावट हुने अनुमान यसअघि नै गरिएको थियो।  रोपाइँ नै घटेकाले उत्पादनमा करिब ५–७ प्रतिशतको गिरावट आउने अनुमान यसअघि नै गरिएको थियो। अहिले बाली भित्र्याउने बेलामा पनि मौसमी प्रतिकूलत हुँदा धान उत्पादनसँगै चामलको गुणस्तरसमेत घट्ने विभागका सूचना अधिकारीसमेत रहेका चौलागाईं बताउँछन्। यसले आयातलाई प्रभावित बनाउने विश्लेषण गरिएको छ।

‘हाम्रो खाने बानी (विशेषगरी भात बढी रुचाउने) परिवर्तन भइसकेको छैन, यही बेला धानको उत्पादन घटेपछि आयात स्वभाविकरुपमा बढ्न सक्छ’, उनले भने। नेपालीका लागि करिब ६२ लाख मेट्रिक टन धान, चामल चाहिने अनुमान गरिन्छ, जसअनुसार, गतवर्ष चाररपाँच लाख अपुग हुने अवस्था थियो।

अहिलेकै स्तरमा चामलको खपत र माग बढेमा तथा आन्तरिक उत्पादनसमेत गतवर्षको भन्दा घट्न सक्ने भएकाले कुल आयातमै ८र९ लाख टन आयात गर्नुपर्ने अनुमान विज्ञले गरेका छन्। ​ यद्यपि सुस्त गतिमा परिवर्तन भइरहेको खाने बानीले गर्दा (रोगका कारण चामल कम खाने) गाउँमा उत्पादन हुने रैथाने बालीको प्रवर्द्धनसँगै आयातित मसिना वासनादारलाई केही हदसम्म रिप्लेस गर्न सक्ने चौलागाईंको भनाई छ।

यस्तैगरी नेपालमा धानको  उत्पादन बढाएर उत्पादन निर्यात गर्न सकेको अवस्थामा मसिना, वासनादार ल्याउँदा पनि खासै समस्या नहुने उनको तर्क छ।  ‘फुड ह्याबिट परिवर्तन गर्न र चैते धानलाई प्रवर्द्धन गर्न सकियो भने चामलमा आत्मनिर्भर बन्न सकिन्छ’, कृषि अर्थविज्ञ चौलागाईंले भने,  ‘जति मूल्य बराबरको धान चामल आयात गर्छौँ, त्यति बराबरको यहाँको धान निर्यात गर्न सक्यौँ भने कूल व्यापार घाटालाई खासै फरक पर्दैन।’ 

३ महिनामा झण्डै ८ अर्बको धान/चामल आयात 

त्यसो त चालु आवको पहिलो तीन महिनामै धान/चामलको आयात ७१ प्रतिशतले बढेको देखिन्छ। गत साउनदेखि असोजभित्र नेपालले ७ अर्ब ९७ करोड ४९ लाख ६ हजार रुपैयाँ धान चामलको आयातमा खर्चिएको छ। भन्सार विभागको तथ्यांक अनुसार, तीन महिनामा ५ अर्ब २१ करोड ३३ लाख ३ हजार रूपैँयाको ७ करोड ६० हजार ८१० केजी चामल र कनिका नेपाल भित्रिएको छ। 

नेपालले चामल मात्र नभई धानको बीउ र अन्य धानसमेत आयात गर्नुपर्ने बाध्यता छ। तीन महिनामा ४ लाख ३२ हजार रुपैयाँ बराबरको २ हजार ७० केजी धानको बीउ र २ अर्ब ७६ करोड ११ लाख ७१ हजारको धान आयात गरिएको छ। 

गत आव २०८१र८१ को यही अवधि (साउन–असोज)मा जम्मा ४ अर्ब ६० करोड ५२ लाख ९७ हजारको धान/चामल आयात भएको थियो। त्यस बेला १ अर्ब ६५ करोड ५२ लाख ५७ हजारको धान, ४ लाख ४७ हजारको ब्राउन राइस आयात भएको थियो। 

यस्तैगरी १ अर्ब ९८ करोड ८३ लाख ८४ हजारको बासमति राइस, ९६ करोड ६ लाखको अन्य प्रकारका चामल र ५ लाख २६ हजारको कनिका भित्रिएको थियो।

पाँच वर्षमा करिब दुई खर्बको चामल भित्रियो

​नेपालले पछिल्ला पाँच वर्षमा झण्डै दुई खर्ब (१ खर्ब ९५ अर्ब भन्दा बढी) रूपैँयाको धान/चामल आयात गरेको छ। २०७७/०७८ देखि ०८०/८१ सम्म धान/चामलको आयात क्रमशः घट्दो क्रममा रहेकोमा गतवर्ष ह्वात्तै बढेको थियो। 

धानको  उत्पादन बढ्दा पनि गतवर्ष ४० अर्ब १८ करोड ९७ लाख १५ हजारको धान चामल आयात गर्नुपरेको थियो। नेपालीमा भात, त्यसमा पनि मसिनो, वासनादार चामलको भात खाने बढ्दो बानीका कारण पनि भारतबाट उपभोक्ताले रुचाएका चामल धेरै भित्रँदा आयात बढेको थियो।

गतवर्ष नेपालीले ७ अर्ब ५२ करोड ९७ लाख बढीको बासमती चामल खाएका तथ्यांकले देखाउँछ। कुल २१ अर्ब ५२ करोड ३७ लाख रुपैयाँ बढीको धान र धानको बीउ भित्र्याइएको थियो भने १८ अर्ब ६६ करोड ५९ लाख ३१ हजारको चामल किन्नु परेको थियो। 

आर्थिक वर्ष २०८०/८१ मा नेपालले १२ अर्ब ९४ करोड १० लाख ८८ हजारको धान र बीउ आयात गर्दा ९ अर्ब २८ करोड ९८ लाख ५६ हजारको चामल किनेर ल्याइएको थियो। त्यस वर्ष ६ अर्ब २३ करोड बढीको बासमती चामल भित्रिएको थियो। 

यस्तैगरी आव २०७९/८० मा २० अर्ब ७५ करोड बढीको धान र बीउ खरिद गर्नुपरेको  थियो। सोही वर्षभर ४ अर्ब ८२ करोड ९४ लाखको बासमती चामलसहित १५ अर्ब ९१ करोड २४ लाख रूपैँया भन्दा बढीको चामल आयात गरिएको थियो। 

नेपालमा आव २०७८/७९ मा १६ अर्ब ९९ करोड बढीको धान भित्रिएको थियो भने ३० अर्ब ५८ करोड २९ लाख बढीको चामल आयात गरिएको थियो।  यस्तैगरी २०७७/७८ मा २० अर्ब  ५४ करोड ९९ लाख ९६ हजारको धान खरिद गरिएकोमा ३० अर्ब २३ करोड ६९ लाख ५२ हजार रुपैयाँको चामल आयात गरिएको थियो। 

प्रतिकृया दिनुहोस्

प्याजको भाउ किलोकै सय पार, किन बढिरहेछ निरन्तर ?

काठमाडौं । नयाँ बानेश्वरमा चटपटे बेचेर गुजारा गर्ने पार्वती थापालाई आजकल एउटै चिन्ताले सताउन थालेको छ । दैनिक कम्तीमा एक किलो प्याज खपत गर्ने पार्वतीलाई सुकेको प्याजको भाउ निरन्तर उकालो ...

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

काठमाडौं । आज १५ असार, २३ औं राष्ट्रिय धान दिवस । सरकारले यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ धान दिवस मनाइरहेको छ । तर, ...

रोपाइँलाई मल अभाव जोखिम, भारतसँग माग्दै सरकार

img

काठमाडौं । नयाँ सरकारले रासायनिक मल आपूर्ति र वितरण व्यवस्थित बनाउने भन्दै ...

कृषि विभागद्वारा चैते धानको समर्थन मूल्य सिफारिस

काठमाडौं । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प्रतिवेदन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पठाएको ...

नेपालको अलैँची बजार : भाउ नाघ्यो प्रतिमन लाख, घट्दो उत्पादनले बढायो चिन्ता

img

, काठमाडौं । पाँचथर याङवरक गाउँपालिकाका वीरेन्द्रबहादुर लिम्बूले करिब पाँच दशकदेखि अलैँची ...

कृषि औजार कारखानाले १४ प्रका रका हाते औजार र मेसिनको उत्पादन गर्‍यो

काठमाडौँ : वीरगञ्जस्थित कृषि औजार कारखानाले १४ प्रकारका हाते औजार र मेसिनको विकास र उत्पादन सुरु गरेको छ। तत्कालीन सोभियत सङ्घको सहयोगमा वीरगञ्जस्थित कृषि औजार कारखाना २०२४ साल फागुन २८ गते ...

पत्रपत्रिका

सबै