कृषि विभागद्वारा चैते धानको समर्थन मूल्य सिफारिस

काठमाडौं । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प्रतिवेदन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पठाएको हो ।

धानको उत्पादनमा लाग्ने खर्च तथा बीउ, मल, श्रम, मुद्रास्फीति, बजार मूल्य, उत्पादनलागतको विश्लेषण गरिएको प्रतिवेदनमा मूल्य तोक्नका लागि सिफारिस गरिएको विभागका महानिर्देशक प्रकाश सञ्जेलले जानकारी दिए । विभागको टोलीले स्थलगत अध्ययन गरेपछि उत्पादन लागत, ढुवानी खर्च, बजार मूल्य तथा अन्य सान्दर्भिक आधार समेटेर वैज्ञानिक मूल्यको प्रस्ताव प्राप्त भएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए ।

प्रस्तावका आधारमा प्रतिक्विन्टल मूल्य तोक्न सरोकारवालासँग छलफल भएको बताउँदै उनले उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने तयारी भइरहेको जानकारी दिए ।

 मन्त्रिपरिषदबाट निर्णय भएपछि मात्र मूल्य सार्वजनिक गरिने जनाइएको छ । धानको चिस्यान मापदण्डसमेत मूल्याङ्कन गरी किसानद्वारा उत्पादित धानको समर्थन मूल्य सुनिश्चित गरिने छ । धानको १८ प्रतिशतसम्म चिस्यान भएमा तोकिएको मूल्य लागू हुने जनाउँदै १८ प्रतिशतभन्दा बढी चिस्यान भएमा तौल घटाउने नियम लागू गरिने मन्त्रालयले जनाएको छ । सरकारले तोकेको मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत धान खरिद हुने जनाइएको छ । सरकारले गत वर्ष प्रतिक्विन्टल दुई हजार ८०० समर्थन मूल्य तोकेको थियो । –रासस

प्रतिकृया दिनुहोस्

प्याजको भाउ किलोकै सय पार, किन बढिरहेछ निरन्तर ?

काठमाडौं । नयाँ बानेश्वरमा चटपटे बेचेर गुजारा गर्ने पार्वती थापालाई आजकल एउटै चिन्ताले सताउन थालेको छ । दैनिक कम्तीमा एक किलो प्याज खपत गर्ने पार्वतीलाई सुकेको प्याजको भाउ निरन्तर उकालो ...

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

काठमाडौं । आज १५ असार, २३ औं राष्ट्रिय धान दिवस । सरकारले यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ धान दिवस मनाइरहेको छ । तर, ...

रोपाइँलाई मल अभाव जोखिम, भारतसँग माग्दै सरकार

img

काठमाडौं । नयाँ सरकारले रासायनिक मल आपूर्ति र वितरण व्यवस्थित बनाउने भन्दै ...

बेमौसमी वर्षाले धानमा ठूलो क्षति : चामल आयात अझै बढ्ने

काठमाडौँ : बेमौसमी वर्षाका कारण अन्नको भण्डार मधेससहित देशका अधिकांश क्षेत्रमा पाकेको धानबालीमा क्षति पुगेसँगै यसवर्ष चामलको आयात बढ्ने देखिएको छ। खेतबारीमा काट्न बाँकी रहेका धानका बोट वर्षासँगैको हावाहुरीले ढालेर सोत्तर बनाएको छ ...

नेपालको अलैँची बजार : भाउ नाघ्यो प्रतिमन लाख, घट्दो उत्पादनले बढायो चिन्ता

img

, काठमाडौं । पाँचथर याङवरक गाउँपालिकाका वीरेन्द्रबहादुर लिम्बूले करिब पाँच दशकदेखि अलैँची ...

कृषि औजार कारखानाले १४ प्रका रका हाते औजार र मेसिनको उत्पादन गर्‍यो

काठमाडौँ : वीरगञ्जस्थित कृषि औजार कारखानाले १४ प्रकारका हाते औजार र मेसिनको विकास र उत्पादन सुरु गरेको छ। तत्कालीन सोभियत सङ्घको सहयोगमा वीरगञ्जस्थित कृषि औजार कारखाना २०२४ साल फागुन २८ गते ...

पत्रपत्रिका

सबै