चर्चित नेपाली र्‍यापर भ्योमाले गरे इन्गेजमेन्ट

 

काठमाडौं । पछिल्लो समयका चर्चित नेपाली र्‍याप गायक, हिपहप कलाकार, गीतकार तथा पर्फमर भ्योमाले प्रेमिका श्वेता मिश्रसँग इन्गेजमेन्ट गरेका छन् । यो जोडीले सामाजिक सञ्जालबाट आइतबार बिहान खबर सार्वजनिक गरेको छ । दुर्गेश थापासँगको कोल्याबमा शनिबार राती ‘नाच नाच भाइ नाच’ गीत सार्वजनिक गरेको एक दिनपछि भ्योमाले इन्गेजमेन्ट घोषणा गरेका हुन् ।

इन्गेजमेन्टबारे जानकारी दिँदै भ्योमाले प्रशंसकको लागि एउटा सुन्दर र मर्मस्पर्शी नोट पनि सेयर गरेका छन् । भ्योमा लेख्छन्, ‘ हामीले सधैंभरि साथ रहने वाचा गर्दै इन्गेजमेन्ट गर्‍यौं । हाम्रा विगतका सबै अनुभवहरू अब जीवनभरको सुन्दर साथमा बदलिएका छन् । हाम्रो यात्रा सन् २०२० मा एउटा सामान्य ‘इन्स्टाग्राम स्टोरी’ को रिप्लाईबाट सुरु भएको थियो, तर हामीलाई थाहा थिएन कि यसले हाम्रो जिन्दगी नै बदलिदिनेछ । लामो दूरीको सम्बन्ध (लङ डिस्टेन्स रिलेसनसिप) देखि अहिलेसम्म आइपुग्दा हामीले धेरै उतारचढाव, संघर्ष र चुनौतीहरू देख्यौं । तर हरेक मोडमा हामीले एकअर्कालाई रोज्यौं र हाम्रो सम्बन्ध झन् बलियो हुँदै गयो । अहिलेसम्मको यो यात्राको लागि म धेरै खुसी छु र आउने दिनहरूको लागि निकै उत्साहित छु ।’

सामाजिक सञ्जालमा भ्योमा र श्वेतालाई प्रशंसकले बधाइ दिइरहेका छन् । भ्योमाका गीतमा समाजका कुरादेखि लिएर राजनीतिमाथि व्यङ्ग्य र भावनाले भरिएका कवितात्मक शब्दहरू सुन्न पाइन्छ । उनका कतिपय गीतले सामाजिक र सांस्कृतिक परिवेशलाई झल्काउँछन् भने कतिपय गीत र्‍याप र ‘स्पोकन वर्ड’ (बोलेर गरिने काव्यिक प्रस्तुति) मा केन्द्रित हुन्छन् । गतिलो, ह्वाइट कलर, सरल भाव, हजार कदम, बाल दे, अत्ति भो उनका हिट गीतहरू हुन् ।

प्रतिकृया दिनुहोस्

विवादमा परेपछि ‘मास्टर्नी’ गीत युट्युबबाट हटाइयो

 काठमाडौं । दुर्गेश थापा र प्रियंका कार्कीको ‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीत विवादमा परेपछि युट्युबबाट हटाइएको छ । उक्त गीत रिलिज भए लगत्तै विवादमा परेको थियो । निवेदनमा दुर्गेश थापाको मास्टर्नी नामक ...

‘राते काइँला’ अब स्मृतिमा मात्रै

   काठमाडौं । वरिष्ठ अभिनेता सुनिल थापा शनिबार बिहानै छायांकनमा जानुपर्ने थियो । यसका लागि उनले आफू निकट कलाकार विल्सनविक्रम राई ‘तक्मे बुढा’ लाई बिहानै उठाइदिन भनेका थिए । तर ...

चोभारमा चंगा चेट

...

सामाजिक सञ्जालमा ‘मुख छाड्ने’ विरुद्ध सेलिब्रेटीको दह्रो प्रतिकार

      गायिका एलिना चौहानले फेसबुकमा ९ लाख ६८ हजार फलोअर्स सहित व्यक्तिगत आक्रमण गर्नेहरूलाई सार्वजनिक गरिरहेकी छन्। सामाजिक सञ्जालमा कलाकारहरूले गरेको यस कदमले बहस र समर्थन दुवै ल्याएको छ, ...

प्रधानमन्त्री ओलीलाई गाली गर्ने टिकटकर बस्नेतलाई ३० हजारमा छाड्न आदेश

काठमाडौँ : काठमाडौँ जिल्ला अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीसहितका राजनीतिक नेताहरूलाई सामाजिक सञ्जालमार्फत गाली गर्ने टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाड्न आदेश दिएको छ। अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले बस्नेतलाई ...

राजेश हमाल : महानायक कि युग नायक ?

मुखिया प्रथाको ह्याङओभर बाँकी थियो । समाजको बहीखातामा थिचोमिचो, हेलाहोचोको जोडघटाउ चलिरहन्थ्यो । हेपिनेहरू हेपिरहन्थे, पेलिनेहरू पेलिरहन्थे । बोल्न नसक्ने र लड्न नसक्नेहरू समाजका पिँधमा बसेर ‘ज्यू..हजुर’ भनिरहन्थे । खेतला, गोठाला, ...

पत्रपत्रिका

सबै