आपूर्तिमन्त्री गौरी कुमारीकाे जवाफ- माग धान्ने ग्यास आइरहेकै छ, वितरण पनि भइरहेकै छ

आपूर्तिमन्त्री गौरी कुमारीकाे जवाफ- माग धान्ने ग्यास आइरहेकै छ, वितरण पनि भइरहेकै छ

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले नियमित माग धान्नसक्ने परिमाणमा एलपी ग्यास आयात तथा वितरण भइरहेको दावी गरेकी छिन्। प्रतिनिधिसभाको शुक्रवारको बैठकमा आकस्मिक, शुन्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री कुमारीले यस्तो दावी गरेकी हुन्।

बजारमा सहज उपलब्धता भइरहेकोमा साउनदेखि पूर्ण सिलिन्डर वितरण शुरु भएपछि एलपी ग्यासको माग एकाएक बढ्दा बजारमा केही असहजता सिर्जना भएको उनको भनाइ छ। उनले एलपी ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न मन्त्रालयले सरोकारवाला निकायसँग समन्वय गरी आपूर्ति तथा वितरण प्रणालीलाई थप प्रभावकारी बनाउने काम गरिरहेको बताइन्।

उनले बढ्दो मागलाई सम्बोधन गर्न नेपाल आयल निगम र मन्त्रालयले कुटनीतिक पहललाई निरन्तरता दिएको पनि बताइन्। उनले कालोबजारी नियन्त्रण गर्न तथा कृत्रिम अभाव हुन नदिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाएको पनि बताइन्।

मन्त्री कुमारीका अनुसार हाल देशभर ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन्। ती उद्योगको कुल भण्डारण क्षमता १० हजार १ सय ६६ मेट्रिक टन रहेको छ भने दैनिक फिलिङ क्षमता करिव १ करोड ७५ लाख ग्यास सिलिन्डर रहेको छ। उनले बजारमा बढ्दो माग धान्नको लागि आयात बढाउन परराष्ट्र मन्त्रालयमार्फत भारतलाई पठाइएको पनि बताइन्।

प्रतिकृया दिनुहोस्

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

  काठमाडौं : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ४४ अंकले बढेर दुई हजार ५३८ दशमलव ११ मा पुगेको ...

प्रधानमन्त्री राहत कोषमा छ अर्ब ३६ करोड सङ्कलन

काठमाडौँ : बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आज साँझसम्म प्रधानमन्त्री राहत कोषमा ९ वटा वाणिज्य बैंकका खाताहरूमा छ अर्ब ३६ करोड ६५ ...

तातोपानी नाका पनि बन्द

      काठमाडौं । चीन सरकारले रसुवागढीमा आएको बाढीपछि तातोपानी नाकासमेत बन्द गरेको छ । तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी तुलबहादुर पाण्डेका अनुसार चीन सरकारका तर्फबाट भन्सार कार्यालयका नाममा इमेल गरिएको छ ...

सरकार र दुर्गा प्रसाईंको समूहबीच १४ बुँदे सहमति, धर्नासहितका आन्दोलन अन्त्य

काठमाडौँ : नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान नेपालबीच १४ बुँदे सहमति भएको छ। सहमति भएसँगै महाभियानले आयोजना गर्दै आएका धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम आजैका मितिदेखि ...

ग्यास अभाव सकस : मन्त्रीले बाँड्दा पनि उपभोक्ताले पाएनन्

काठमाडौं । साउन करिब-करिब सकिन लाग्दासम्म देशभरिका उपभोक्ता खाना पकाउने एलपी ग्यास नपाएर आजित छन् । सहरका चोक-चोकमा रित्ता सिलिन्डरको लामो लाइन लाग्ने क्रम २४ दिसम्म पनि अझै रोकिएको छैन ...

नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार

    काठमाडौं : धितोपत्र बजारमा सेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ७९ अंकले बढेर दुई हजार ६६७ दशमलव ...

पत्रपत्रिका

सबै