नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

 

नेप्से परिसूचक दोहोरो अंकले बढ्योकाठमाडौं : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ४४ अंकले बढेर दुई हजार ५३८ दशमलव ११ मा पुगेको छ। 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ०२ अंकले बढेर ४४९ दशमलव १८ मा पुगेको छ। त्यस्तै फ्लोट सूचक एक दशमलव २२ अंकले बढेर १७४ दशमलव १९ मा पुगेको छ। त्यस्तै सेन्सेटिभ फ्लोट सूचक एक दशमलव १७ अंकले बढेर १५१ दशमलव ६१ मा पुगेको छ।

आज विभिन्न कम्पनीका ७२ लाख ६८ हजार २०२ कित्ता सेयर रु दुई अर्ब ९४ करोड २७ लाख ८१ हजार ८२६ मूल्यमा खरिद बिक्री भएको छ। आज १३ उपसमूहमध्ये ११ उपसमूह बढ्यो भने दुई उपसमूह घटेको छ। आज १९३ कम्पनीको सेयर बढ्यो भने ७५ कम्पनीको सेयर घट्यो। त्यसैगरी १० कम्पनीको सेयर स्थिर रह्यो। 

नेप्सेका अनुसार आज उपकार लघुवित्त, माथिल्लो मैलुङ खोला जलविद्युत, आत्मनिर्भर लघुवित्त कम्पनीका लगानीकर्ताले कमाएका छन्। त्यसैगरी आज एनएमबी इजर्नी बण्ड, आरबिबि म्युचुअल फण्ड र कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन्।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री राहत कोषमा छ अर्ब ३६ करोड सङ्कलन

काठमाडौँ : बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आज साँझसम्म प्रधानमन्त्री राहत कोषमा ९ वटा वाणिज्य बैंकका खाताहरूमा छ अर्ब ३६ करोड ६५ ...

तातोपानी नाका पनि बन्द

      काठमाडौं । चीन सरकारले रसुवागढीमा आएको बाढीपछि तातोपानी नाकासमेत बन्द गरेको छ । तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी तुलबहादुर पाण्डेका अनुसार चीन सरकारका तर्फबाट भन्सार कार्यालयका नाममा इमेल गरिएको छ ...

सरकार र दुर्गा प्रसाईंको समूहबीच १४ बुँदे सहमति, धर्नासहितका आन्दोलन अन्त्य

काठमाडौँ : नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान नेपालबीच १४ बुँदे सहमति भएको छ। सहमति भएसँगै महाभियानले आयोजना गर्दै आएका धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम आजैका मितिदेखि ...

ग्यास अभाव सकस : मन्त्रीले बाँड्दा पनि उपभोक्ताले पाएनन्

काठमाडौं । साउन करिब-करिब सकिन लाग्दासम्म देशभरिका उपभोक्ता खाना पकाउने एलपी ग्यास नपाएर आजित छन् । सहरका चोक-चोकमा रित्ता सिलिन्डरको लामो लाइन लाग्ने क्रम २४ दिसम्म पनि अझै रोकिएको छैन ...

आपूर्तिमन्त्री गौरी कुमारीकाे जवाफ- माग धान्ने ग्यास आइरहेकै छ, वितरण पनि भइरहेकै छ

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले नियमित माग धान्नसक्ने परिमाणमा एलपी ग्यास आयात तथा वितरण भइरहेको दावी गरेकी छिन्। प्रतिनिधिसभाको शुक्रवारको बैठकमा आकस्मिक, शुन्य र विशेष समयमा उठेका प्रश्नको ...

नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार

    काठमाडौं : धितोपत्र बजारमा सेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ७९ अंकले बढेर दुई हजार ६६७ दशमलव ...

पत्रपत्रिका

सबै