" आज "

|

 -दिलीप पोखरेल

गड्याङ् गुडुङ्ग गर्दै छ आज
आकाश पनि जोडजोडले कराएको छ आज

घाम पनि ओझेल पर्दै छ आज
धरती झनै अप्रत्यासित धड्कन बढाउदै थरथराएको छ आज

बादल पनि बसाँई सर्दै छ आज
चराचुरुङ्गीको चिरबिर चिरबिर आवाज हराएको छ आज

खिईसकेको फलामको डोल दलदल हिलोमा भाँसिएको छ आज
रुखो र सुख्खा माटोमा एक हल रामचन्द्र र बहादुर नेपालीको सम्बन्ध फेरि पनि गाँसिएको छ आज 

कति सस्तो याे वर्षात् ..
 पानी पनि जोडतोडले पर्दै छ आज
चिन्तीत् बस्ने हर्क बहादुर  ....
 माटो बग्ने चिन्ताले डराएको छ आज 

छिनमा हलो...
 छिनमा जुवा ....
छिनमा कोदालो ... गर्दै छ आज
दुनीयाँलाई खुवाउने जिम्मेवारी बोकेको किसान यो झरीमा असारे गित भन्दै खुसीले मर्दै छ आज ।।।

प्रतिकृया दिनुहोस्

आफ्नै भाउजू थिइन् महाकवि देवकोटाको 'यात्री' कविताको पात्र

img

संस्कृति, इतिहास र समाजसम्बन्धी केही पुराना किताब पाइहालिन्छ कि भनेर काठमाडौंका 'सेकेन्ड-ह्यान्ड' पुस्तक ...

" प्रश्नै प्रश्न छन् यहाँ तर जवाफ छैन "

img

बुबाआमाको एकै बोली अब के गर्छस् ? दाजुबहिनीको एकै बोली अब के गर्छस् ...

" गन्तव्य भुलेको बटुवा "

img

 --दिलीप पोखरेल (झल्के) समयले सब‌ैलाई बटुवा बनायो..., ऊ बटुवा आधा पेट खानाको लागि..., मँ बटुवा ...

पशुपतिनाथको सानिध्यमा आँसुको अभिषेक

img

कयौँ शवहरू जलिरहेका छन् । आफन्तहरू एकले अर्कालाई अँगालो मारिरहेका छन् । दु:ख बिसाइरहेका ...

" नयाँ मौसम, नयाँ साल "

img

कष्ट कष्ट मै वित्यो त्यो वर्ष, नयाँ उमङ्ग र नयाँ हर्षले  ल्याउनेछ नयाँ खुसियाली ...

त्यो गाउँ कहाँ पाईएला र ?

img

त्यो हरियाली पहाड, चराचुरुङ्गीको  कुहुकुहु गर्ने आवाज कहाँ पाईएला र ?      ठुला बिल्डिङ अरुको ...

पत्रपत्रिका

सबै