पशुपतिनाथको सानिध्यमा आँसुको अभिषेक

|

कयौँ शवहरू जलिरहेका छन् ।
आफन्तहरू एकले अर्कालाई अँगालो मारिरहेका छन् ।
दु:ख बिसाइरहेका छन् ।
कसैको झगडा भइरहेको छ ।
एकले अर्कालाई प्रहार गरिरहेका छन् ।

कतिपय युगलहरू प्रेमालाप गरिरहेका छन् ।
प्रेमी प्रेमिकाहरू एकले अर्कालाई अँगालोमा बेरिरहेका छन् ।

आफन्तहरू भेला भएर कसैको विवाह भइरहेको छ ।
कसैको गृहस्थ जीवन प्रारम्भ हुँदै छ ।
कोही फकीर गन्तव्यविहीन भइ हिँडिरहेको छ ।
केही मुनीहरू एकान्तमा ध्यानमग्न छन् ।

कोही भोज खाँदै छन् ।
कोही पेटीमा बसेर भिख मागिरहेका छन् ।

कोही भगवान‍्लाई पुष्प, नैवेद्य र अक्षताले पूज्दैछन् ।
कोही मन्दिर परिसरबाट नै सामानहरू चोरिरहेका छन् ।

कोही संगीतका धूनहरू बजाएर भजन गाइरहेका छन् ।
कोही शङ्ख र घण्ट बजाएर ब्रह्मनादको अनुभूति लिइरहेका होलान् ।
कोही गाँजाको मुस्लो उडाउँदै फुस्रा ढुङ्गामा बसिरहेका छन् ।

कोहीले आफ्नी आमाको हात समातेर दर्शन गराइरहेका छन् ।
कोही बूढी आमा एक्लै बसिरहेकी छिन् ।
सायद ! उनका सन्तानले त्यहीँ उनको हात छाडेहोलान् ।

यी सब देखेर मेरा नयनहरू सजल भए ।
यदि कसैले देखेपछि सोच्दोहो-
सायद यसको पनि पशुपतिसँग जोडिएको कुनै कथा हुनुपर्छ ।
हो मेरो कथा छ पशुपतिसँग जोडिएको ।
ममा भावना छ
अनुभूति छ
स्नेह छ
दया छ
सकारात्मक सोच छ
अरूका दु:ख देखेपछि पीडा पनि हुन्छ ।
यद्यपि म यहाँ आफैंले आफैंलाई चिन्न आएकी हुँ ।
म को हुँ ?
यस जन्ममा उद्देश्य के हो ?
यसैकारण त्यो एकथोपा आँसु खसेको हो ।
त्यो थोपा आँसु हैन
त्यो त मैले मलाई चिन्न सुरु गर्दा
ममाथि सिञ्चित भएको अभिषेक हो । 

 - सोनी बर्तौला

प्रतिकृया दिनुहोस्

आफ्नै भाउजू थिइन् महाकवि देवकोटाको 'यात्री' कविताको पात्र

img

संस्कृति, इतिहास र समाजसम्बन्धी केही पुराना किताब पाइहालिन्छ कि भनेर काठमाडौंका 'सेकेन्ड-ह्यान्ड' पुस्तक ...

" प्रश्नै प्रश्न छन् यहाँ तर जवाफ छैन "

img

बुबाआमाको एकै बोली अब के गर्छस् ? दाजुबहिनीको एकै बोली अब के गर्छस् ...

" आज "

img

 -दिलीप पोखरेल गड्याङ् गुडुङ्ग गर्दै छ आज आकाश पनि जोडजोडले कराएको छ आज घाम पनि ...

" गन्तव्य भुलेको बटुवा "

img

 --दिलीप पोखरेल (झल्के) समयले सब‌ैलाई बटुवा बनायो..., ऊ बटुवा आधा पेट खानाको लागि..., मँ बटुवा ...

" नयाँ मौसम, नयाँ साल "

img

कष्ट कष्ट मै वित्यो त्यो वर्ष, नयाँ उमङ्ग र नयाँ हर्षले  ल्याउनेछ नयाँ खुसियाली ...

त्यो गाउँ कहाँ पाईएला र ?

img

त्यो हरियाली पहाड, चराचुरुङ्गीको  कुहुकुहु गर्ने आवाज कहाँ पाईएला र ?      ठुला बिल्डिङ अरुको ...

पत्रपत्रिका

सबै