त्यो गाउँ कहाँ पाईएला र ?

|

त्यो हरियाली पहाड, चराचुरुङ्गीको 
कुहुकुहु गर्ने आवाज
कहाँ पाईएला र ?
    
ठुला बिल्डिङ अरुको गाउँमा रहेपनि
मेरो गाउँको जस्तो सानो झुप्रोमा रमाउने मानिस
कहाँ पाईएला र ?

सपिङ मलमा एकले अर्कालाई वास्ता नगरी हिड्ने भन्दा
मेरो गाउँको चिया पसलमा गफमा रमाउने मानिस
कहाँ पाईएला र ?

अरु ठाउँमा ठुलो–ठुलो अर्गनाईजेसनमा काम गर्ने भन्दा
मेरो गाउँमा सटिफिकेटलाई सिरानीमा राखेर सुत्ने मानिस
कहाँ पाईएला र ?

सिप, परिश्रम र संघर्ष गर्ने मानिस भन्दा
राजनीति र सोर्स फोर्समा जागिर खाने मानिस अर ठाउँमा
कहाँ पाईएला र ?

मैले आफ्नो गाउँको गलत हैन तितो सत्य
बोलेको भनेर विश्वास गरिदिने मानिस 
कहाँ पाईएला र ?

मेरो गाउँको जस्तो सबै थाहा पाएर पनि शान्त रहने मासिन
कहाँ पाईएला र ?

खुट्टा अघि सार्दा,अर्कोले त्यही खुट्टा तानिदिने मानिस 
कहाँ पाईएला र ?

शान्तिको प्रतिक गौतम बुद्धको त्यो गाउँ
अब कहाँ पाईएला र ?    
                            – रिया घिमिरे
                         रतुवामाई नगरपालिका – ९ इटहरा मोरङ

प्रतिकृया दिनुहोस्

आफ्नै भाउजू थिइन् महाकवि देवकोटाको 'यात्री' कविताको पात्र

img

संस्कृति, इतिहास र समाजसम्बन्धी केही पुराना किताब पाइहालिन्छ कि भनेर काठमाडौंका 'सेकेन्ड-ह्यान्ड' पुस्तक ...

" प्रश्नै प्रश्न छन् यहाँ तर जवाफ छैन "

img

बुबाआमाको एकै बोली अब के गर्छस् ? दाजुबहिनीको एकै बोली अब के गर्छस् ...

" आज "

img

 -दिलीप पोखरेल गड्याङ् गुडुङ्ग गर्दै छ आज आकाश पनि जोडजोडले कराएको छ आज घाम पनि ...

" गन्तव्य भुलेको बटुवा "

img

 --दिलीप पोखरेल (झल्के) समयले सब‌ैलाई बटुवा बनायो..., ऊ बटुवा आधा पेट खानाको लागि..., मँ बटुवा ...

पशुपतिनाथको सानिध्यमा आँसुको अभिषेक

img

कयौँ शवहरू जलिरहेका छन् । आफन्तहरू एकले अर्कालाई अँगालो मारिरहेका छन् । दु:ख बिसाइरहेका ...

" नयाँ मौसम, नयाँ साल "

img

कष्ट कष्ट मै वित्यो त्यो वर्ष, नयाँ उमङ्ग र नयाँ हर्षले  ल्याउनेछ नयाँ खुसियाली ...

पत्रपत्रिका

सबै