" नयाँ मौसम, नयाँ साल "
कष्ट कष्ट मै वित्यो त्यो वर्ष,
नयाँ उमङ्ग र नयाँ हर्षले
ल्याउनेछ नयाँ खुसियाली यो वर्ष,
नयाँ सालले ल्याउनेछ नयाँ मौसम,
बर्सनेछ पानी ,भरिनेछन् खेतहरु
पलाउनेछन् नयाँ पालुवा ,
फेरिनेछन् नयाँ बोक्रा, मेटिनेछन् घाउहरु
भरिनेछन् हाम्रा जङ्गल ,
फक्रनेछन् फूलहरु
क्षमायाचन हुनेछन् प्रकृतिका भूलहरु,
बढ्नेछन् आत्मविश्वास, बढ्नेछन् साथ
फूट्नेछन् विकास र समृद्धिका मूलहरु,
विश्व विज्ञानलाई चुनौती दिई
बनायो कसैले भाइरस,
चरण चरणमा
फैलायो कसैले भाइरस,
बाध्य बनाइए मर्न
लाखौँ पुकार गरे पनि
नपाईने अदृश्य अमृत रस,
अब मृत्युलाई चुनौती दिई
हटाउनुछ यो महामारि,
दिल खोलेर हाँस्नुछ सारा नेपाली
आशक्ती र थकानबाट गुज्रेका दःखका घैँटो उघारी
जुर्मुराउनेछन् आशाका किरण
उठ्नेछन् ढलेका संरचना
उठ्नेछ देशको अर्थतन्त्र
बनिनेछन् स्वोदेशी औद्योगिक यन्त्र
रोज्नुछ गन्तव्य , खोज्नुछ अवसर
चुम्नुछ शिखर , पाउनुछ सफलताको लहर
दौडनुछ समयको गतीसँगै
पौडनुछ पसिनाका रत्तीसँगै
बनाउनुछ सुन्दर र सक्षम देश
जोगाई आ–आफ्नो धर्म , संस्कृति अनि भेष ।।।
--दिलीप पोखरेल ( झिल्के)




