म सुतुवा मन्त्री होइन है : राष्ट्रियसभामा निदाएको तस्वीर राख्दै महावीर पुन

म सुतुवा मन्त्री होइन है : राष्ट्रियसभामा निदाएको तस्वीर राख्दै महावीर पुन

काठमाडौँ : विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रियसभामा निदाएको तस्वीर फेसबुकमा राख्दै आफू सुतुवा मन्त्री नभएको स्पष्ट पारेका छन्। आज राष्ट्रियसभामा गर्मीले झपक्क निदायको स्वीकार गर्दै मन्त्री पुनले लेखेका छन्, 'म सुतुवा मन्त्री होइन है साथीहरू, हरेक दिन बिहान ६ बजे उठेर ७ बजेदेखि बेलुकी ११ बजेसम्म मन्त्रालयको अफिसमा नै काम गर्छु नि। कहिल्यै छुट्टी मनाएको छैन र मनाउँदिन।'

उनले थप लेखेका छन्, 'आज राष्ट्रियसभामा म झपक्क निदाएछु। सोसल मिडियाका भाइहरूले पैसा कमाउनका लागि हो अथवा मेरो बेइजत गर्नका लागि हो मेरो भिडियो भाइरल बनाएछन्। अनि कमेन्ट गर्नेहरूको लर्को नै लागेछ र अल्छीमन्त्री, काम नगर्ने मन्त्री आदि इत्यादी भनेर मलाई भक्कु गाली पनि गरेछन्। गाली गर्ने र भिडियो भाइरल बनाउनेहरूलाई धन्यवाद।' उनले राष्ट्रियसभा बस्ने हलमा एसी नभएकाले गर्मीका कारण आँखा झपक्क भएको कुरा आफूले नढाँटेको पनि खुलाएका छन्।

 

 

प्रतिकृया दिनुहोस्

विराटनगरमा राधाकृष्णको रथयात्रा

विराटनगर : शनिबार विराटनगरमा राधाकृष्णको रथयात्रा निकालिएको छ। हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा राधाकृष्णको युगल जोडीको रथयात्रा निकाल्ने गरिएको छ। वि.सं. १९८८ सालमा ‘खट’ यात्राबाट प्रारम्भ भएको यात्रा २०२५ सालदेखि ...

बुधवार मुस्लिम समुदायका लागि मधेस प्रदेशमा बिदा

  जनकपुर : मधेस प्रदेश सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को अवसरमा मुस्लिम धर्मावलम्बीलाई प्रदेशभर यही भदौ १० गते बिदा दिने निर्णय गरेको छ। मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका ...

पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी !

  काठमाडौंं: छात्रावास (होस्टेल) नाम सुन्नेबित्तिकै हामी सम्झिन्छौँ,-जहाँ घरबाट टाढा अध्ययन गरिरहेका विद्यार्थीहरू ढुक्कले बस्न र खानका लागि निकै सहज तथा सुरक्षित विकल्प हो। हामी त्यही साेच्छाैँ। होस्टेलमै समयमा खान पाइने,सुरक्षित,बिरामी हुँदा हेरचाह हुने ...

एमबीएस प्रश्नपत्र लिक प्रकरण, यसरी बाहिरिएको थियो ह्वाट्सएपबाट

त्रिभुवन विश्वविद्यालयको एमबिएस प्रथम सेमेस्टरको प्रश्नपत्र ह्वाट्सएपमार्फत सार्वजनिक भएपछि त्रिविले छानबिनका लागि प्राडा अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । प्रश्नपत्र बाहिर ल्याउने कार्यमा संलग्न सुलभ सर भनिनेसहित ...

म्यानपावर व्यवसायीको आक्रोश- सरकारले योजनाबद्ध आक्रमण गर्‍यो

काठमाडौं । वैदेशिक रोजगार विभागले ५ सय ९८ म्यानपावर व्यवसायीलाई कारबाही गरेपछि उनीहरू आक्रोशित बनेका छन् । अबको १५ दिनभित्र यसअघिका माग अनुसार श्रमिक पठाइसक्ने र त्यसपछि श्रमिक पठाउन बन्द ...

गृहमन्त्रीकै उपस्थितिमा होटलमा छापा ७ युवतीसहित ९ जना पक्राउ

काठमाडौं ।  आन्दोलनरत मिटरब्याज पीडितसँग सरकारले शुक्रबार नौ बुँदे सहमति गरेको छ । जनकपुरको तिरहुतियागाछीबाट सुरु भएको आन्दोलन नवौं दिनमा आएर सकिएको हो । सरकारले वार्ताको प्रयास भने पाँचौँ दिनदेखि ...

पत्रपत्रिका

सबै