सामाजिक सञ्जाल दर्ता हुन आएनन्‚ बन्द गर्ने सरकारी चेतावनी

काठमाडौँ : सरकारले सामाजिक सञ्जाललाई नेपालको कानुनअनुसार सूचीकृत हुन एक साताको समय दिए पनि अहिलेसम्म कसैले दर्ताका लागि निवेदन दिएको छैन। सूचीकृत हुन दिएको समय २ दिन मात्र बाँकी भए पनि अहिलेसम्म कुनै पनि कम्पनीले निवेदन नदिएको सञ्चार मन्त्रालयले जनाएको छ। आफूले गरेको ताकेतालाई ठूला सामाजिक सञ्जाल प्लाटफर्मले बेवास्ता गरेपछि बन्द गर्नेसम्मको दावी सरकारले गरेको छ।

मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले नेपालमा सञ्चालनमा रहेका जुनसुकै सामाजिक सञ्जाल कानुनअनुसार दर्ता हुनुपर्ने बताए। सरकारले सार्वजनिक सूचनानुसार कुनै पनि सामाजिक सञ्जाल सूचीकरण हुन नआए कानुनी प्रक्रिया अघि बढाउने उनले स्पष्ट पारे।

यसअघि पनि सरकारले पटक–पटक गरेको ताकेतालाई बेवास्ता गरेका ठूला सामाजिक सञ्जाल प्लाटफर्मलाई नेपालको कानुनअनुसार दर्ता हुन आउन सञ्चार मन्त्रालयले फेरि आग्रह गरेको हो। सरकारले सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्न दुई वर्षअघि नै निर्देशिका बनाइसकेको छ।

सोही निर्देशिकाका आधारमा नेपालमा सञ्चालन हुने स्वदेशी वा विदेशी जुनसुकै सामाजिक सञ्जाल कम्पनीलाई दर्ता अनिवार्य भनिएको छ। प्रवक्ता ठाकुरले यसअघि मन्त्रालयले पटक पटक सूचना निकाल्दा अटेरी गरेपछि मन्त्रिपरिषद् बैठकले निर्णय गरेर अघि बढेकाले पछाडि फर्कने अवस्था नरहेको दावी गरे।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सबै दर्ताविहीन सामाजिक सञ्जालहरूको सूची बनाइसकेको हुँदा भदौ १९ देखि नेपालको कानुनअनुसार दर्ता हुन नआउने कम्पनी क्रमशः निष्क्रिय हुँदै जाने उनको भनाइ छ।

सर्वोच्च अदालतले स्वदेश वा विदेशबाट सञ्चालनमा आएका सामाजिक सञ्जाल प्लाटफर्महरूलाई सञ्चालनपूर्व नेपालका नियामक निकायमा अनिवार्य दर्ता गराउने नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको छ। उक्त आदेश उल्लेख गर्दै सञ्चार मन्त्रालयले भदौ १२ गते सूचना जारी गर्दै ७ दिनभित्र अनिवार्य रूपमा सामाजिक सञ्जाल कम्पनीहरूलाई सूचीकृत हुन भनेको हो। नेपालमा अहिलेसम्म ७ वटा सामाजिक सञ्जाल कानुनअनुसार दर्ता भएर सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

देशव्यापी ‘सूचना महामार्ग’ निर्माण गरिने, इन्टरनेट शुल्क घटाइने

काठमाडौं । सरकारले दूरसञ्चार क्षेत्रलाई डिजिटल रूपान्तरणको मुख्य आधारका रूपमा विकास गर्ने उद्देश्यसहित एकीकृत दूरसञ्चार नीति, २०८३ को मस्यौदा तयार गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले तयार गरेको मस्यौदामा पाँच ...

एआईको सही प्रयोग गरौं : मन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले एआई र सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् । महर्षि स्कुलले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले ...

सर्वोत्कृष्ट वैज्ञानिकको सूचीमा परे नेपालमै कार्यरत ३१ जना

ललितपुर : विश्वका सर्वोत्कृष्ट वैज्ञानिकहरूको सूचीमा ३१ जना नेपालमा कार्यरत वैज्ञानिकहरू समावेश भएका छन्। नेपाल विज्ञान तथा प्रज्ञा प्रविधि प्रतिष्ठान (नाष्ट)का सचिव रवीन्द्र ढकालले दिएको जानकारी अनुसार एल्सेभियरसँगको सहकार्यमा अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीले ...

आज राति खग्रास चन्द्रग्रहण

काठमाडौँ : भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार खग्रास चन्द्रग्रहण लाग्दैछ। नेपालमा राति १० बजेर ११ मिनेटमा शुरु भई १ बजेर ४१ मिनेटमा पूरा हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण ...

बन्दका बाबजुद धमाधम फेसबुक चलाउँदै नागरिक, २६ मध्ये 'एक्स'मात्रै सरकारको सम्पर्कमा

काठमाडौँ : सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाललाई सञ्चालनमा रोक लगाएपछि १ कम्पनीका प्रतिनिधि मात्रै सम्पर्कमा आएका छन्। सरकारले बन्द गरेका २६ मध्ये एक्स मात्रै सरकारको सम्पर्कमा आएको सञ्चार तथा सूचना ...

सञ्चार मन्त्रालयमा सूचीकृत नभएका सबै सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ : सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। बिहीवार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जालमाथि प्रतिबन्ध ...

पत्रपत्रिका

सबै